Advertisement
विज्ञापन

सन्धिखर्कको चिसापानीमा खुल्ला भलिबल प्रतियोगिता हुने



Advertisement
विज्ञापन

अनन्त प्रसाद घिमिरे
अर्घाखाँची ।

सन्धिखर्क नगरपालिकामा रहेको मन्जरी युवा क्लबले सन्धिखर्क २, कुर,चिसापानीमा खुल्ला भलिबल प्रतियोगिताको आयोजना गर्ने भएको छ। आफ्नो स्थापना दिवसको अवसर पारेर वडास्तरीय भलिबल प्रतियोगिताको आयोजना गर्न लागेको हो ।


Advertisement
Advertisement
Advertisement

राष्ट्रका लागि खेलकुद,स्वास्थ्यका लागि खेलकुदू भन्ने मूल नाराका साथ यहि फागुन ६ गतेबाट गर्न लागिएको उक्त खेलमा भाग लिनका लागि सम्पूर्ण खेलप्रेमीहरुलाइ आग्रह समेत आयोजकले गरेको छ।

भलिबल प्रतियोगितामा भाग लिन इच्छुक संघ,सस्था एवं क्लबहरुले यहि फाल्गुण ५ गतेभित्र आ( आफ्नो समुह दर्ता गराइसक्नु पर्ने उक्त मन्जरी क्लबले जनाएको छ।

त्यसैगरी प्रतियोगितामा प्रथम हुने समुहलाइ नगद रु।२० हजार,मेडल र प्रमाणपत्र, द्वितीय हुने समुहको लागि नगद रु।१० हजार,मेडल र प्रमाणपत्र एवं तृतीयको लागि नगद रु।५ हजार,मेडल र प्रमाणपत्रको व्यवस्था समेत गरिएको उक्त क्लबका अध्यक्ष विक्रम नेपालीले बताएका छन्।

विभिन्न सामाजिक गतिविधिमा क्रियाशील उक्त क्लबले समय समयमा यसप्रकारका कार्यक्रमहरु गर्दै आएको छ।उक्त प्रतियोगिताको मिडिया पार्टनरमा लुम्बिनी आवाज डटकम र समाचार पोस्ट रहेको छ ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad