Advertisement
विज्ञापन

क्यान्सर पीडितलाई आर्थिक सहयोग रकम हस्तान्तरण



Advertisement
विज्ञापन

सन्धिखर्क ।

अर्घाखाँची समाज जापानले पाणिनी गाउँपालिका वडा नम्बर ३ फ्रसवा निवासी विमला गौतमको औषधी उपचारको लागि आर्थिक सहयोग गरेको छ ।समाजका वावुराम पौडेल, कृष्ण के।सी, दिल प्रसाद श्रेष्ठको विषेश पहलमा जापानमा रोजगारी गर्दै आउनु भएका विभिन्न क्षेत्रका महानुभावहरुले २ लाख ५ हजार ९ सय रकम संकलन गरि नेपाल पत्रकार महासंघ अर्घाखाँचीका सचिव विनोद गैर मार्फत आज विमला गौतमको घर मै पुगेर से रकम गैरेले हस्तान्तरण गर्नुभएको हो ।


Advertisement
Advertisement
Advertisement

२९ वर्षिय विमला गौतम विगत केहि समय देखि पाठेघरको क्यान्सर रोगवाट पिडित हुनुहुन्छ र निजको घरायसी अवस्था अत्यान्तै नाजुक रहेको छ ।हस्तान्तरण कार्यक्रममा बोल्दै वडा अध्यक्ष देव बहादुर के।सी।ले विमलाको उपचारको लागि वडावाट हुने हरेक सहयोग गर्न तत्पर रहेको बताउनुभएको थियो । हस्तान्तरण कार्यक्रममा रकम हस्तान्तरण गर्दै नेपाल पत्रकार महासंघका सचिव विनोद गैरेले जापानवाट आफ्नो खाने गास काटेर विमला गौतमको उपचारको लागि रकम संकलन गर्न अग्रसर हुने र आर्थिक सहायता गर्नुहुने सम्पूर्णलाई हार्दिक धन्यवाद दिदै विमला गौतमको सिघ्र स्वास्थ्य लाभको कामना समेत गर्नु भएको थियो ।

कार्यक्रमका ग्लोवल आई।एम।ई। बैक अर्घाखाँचीका शाखा प्रमुख प्रल्हाद न्यौपाने, मुमाराम गैरे समेतको उपस्थिती रहेको थियो ।
विमला गौतमको उपचारको लागि सहयोगर्ने महानुभावहरुको नामावली निम्नानुसार रहेको छ ।

दिपक थापा–३०००, दिल प्र।श्रेस्ठ–१५००० , नेत्र बिष्ट–५०००, बाबुराम पौडेल–३०००,संगिता थापा–२०००, मिन मरसाई मगर–१०००, कृष्ण आले सह–कोषाध्यक्ष–२०००, जितेन्द्र घर्ती मगर–१०००, केशव रेस्मी मगर–३०००, केशव सारु मगर– १०००, नारायण प्र भुसाल–३०००, कृष्ण केसी–५०००, बिरु खड्का–५०००, नुम बहादुर रोका–३०००, नेत्र प्रसाद पन्थी–५०००, सबिना चितवन–२०००, पूजा शर्मा बुटवल–५५५५, दुर्गा कंडेल बाग्लुङ–३०००, सिमा कुमारी बाग्लुङ–१०००, सुरक्षा थापा बाग्लुङ–२०००, रमेश काठमाडौं–१०००, चन्दा थापा मगर–३०००, सेसकान्त रिजारु बाग्लुङ–१०००, मानदेबी बुटवल–१०००, गौतम गुल्मी–१०००, धन बहादुर थापा बुटवल– २०००, सुस्मिता धरान–१०००, अर्पित मल्ल काठमाडौं–२०००, दालभात पाबर मुग्लिङ–४०००, अबिनास जि सी–२०००, गोकण क्षेत्री–३०००, फन पुन–१०००, चेतन घर्ती–२०००, हेमन्त रेस्मी–३००० टोप ब घर्ती–३०००, टेक प्रसाद श्रेष्ठ सिता–१००००, मेघ ब थापा फलामखिली–२०००, जिबलाल आले लामाखर्क–२०००, माधव श्रेष्ठ–५०००, चेत बहादुर बिष्ट–१०००, निरान्जन खड्का–३०००, हिम ब थापा अर्जुन बर्बास–३०००, सुरज सारु मगर–२०००, बिक्रम थापा–२०००, भेग ब घर्ती मगर–२०००, कृष्ण बहादुर आले ९ख०–५०००, सोम थापा फलामखिली–३०००, मिन रेस्मी फलामखिली–२०००, मधु क्षेत्री–२०००, राजु खड्का–५०००, शंकर रायमाझी–२०००, अर्जुन आचार्य–३०००, सुरज रायमाझी अर्घा–२०००, नन्द ब थापा अर्घा बेल्टारी–३०००, जनक बिष्ट–२०००, तुल ब घर्ती मगर–२०००, अन्जित मल्ल–१०००, हिमाल थापा–२०००, अनुप रोका–२०००, तारा पुन–२०००, ज्ञानु अधिकारी–३०००, मुस्कान आले–२०००, चेतनारायण थापा–२०००, बिरु सारु मगर–२०००, मन्जु मरासिनी आचार्य–२०००, ज्योतिस घर्ती मगर–५०००, कृष्ण आले ९भित्राका०–२५००, यमलाल पाण्डे–२०००, लंक ब आले–२०००, आयन ब टन्डन–५०००, कृष्ण रेस्मी फलामखिली–२०००, आसा घर्ती मगर–२००० र बिशाल डुकुचे काठमाडौं–२००० गरी सो रकम सहयोग गर्नुभएको थियो ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad