Advertisement
विज्ञापन

नेपाल र ओमान बीच टी २० विश्वकप छनोट खेल फागुन ६ मा हुने



Advertisement
विज्ञापन

अविरल भण्डारी:
ओमान भ्रमणको लागि नेपालले सन्दीप लामिछानेको कप्तानीमा १६ सदस्य टीमको घोषणा गरि सकेको छ।नेपाल फेब्रुअरी पहिलो साता ओमान भ्रमणमा जाने छ।ओमान भ्रमणमा चारदेशबीच टि२०आई सिरिज हुने खेल तालीका छ।

अन्तराष्टिय क्रीकेट परिषद् (आइसिसि) ले शुक्रबार औपचारिक रुपमा टि २० ग्लोबल छनोट ए को खेल तालिका र समुह सार्वजानिक गरेको छ।आइसिसि विश्वकप टि २०ग्लोबल छनोट ए को उद्धघाटन खेलमा नेपालले आयोजक राष्ट्र ओमनसँग खेल्ने भएको छ।


Advertisement
Advertisement

ग्लोबल छनोट ए मा नेपाल सहित ओमान, बहराइन, क्यानडा, जर्मनी, आयरल्यान्ड, फिलिपिन्स र युएई गरि आठ टोली छन्।भने समुह ए मा नेपाल, क्यानडा, ओमान र फिलिपिन्स हुन्। उद्धघाटन खेल फागुन ६ मा नेपाल र ओमन बीच हुनेछ।फाइनल पुग्ने दुई टोलीले आगामी अक्टोबर-नोभेम्बरमा अष्ट्रेलियामा हुने टि २०-विश्वकपमा स्थान बनाउने छन्।

नेपालको खेल तालिका।
फागुन ६ – नेपालविरुद्ध ओमान
फागुन ७ – नेपालविरुद्ध आयरल्यान्ड
फागुन ९ – नेपालविरुद्ध क्यानडा

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement