बिमलको ५५ औ मिनेटको गोलनै नेपालको निर्णायक गोल बन्यो
अबिरल भण्डारी (खेलकुद):नेपाली राष्टिय टोलीका फरवाड बिमल घर्तीमगरको एकमात्र निर्णायक गोलमा नेपालले मौरिससबिरुदको पहिलो अन्तर्राष्टिय मैत्रीपुण खेलमा मौरिससलाई पराजित गरेको छ।
नेपालले घरेलु मैदानमा मौरिससलाई १-० ले पराजित गरेको छ। दोस्रो हाफको ५५ औ मिनेटमा बिमलले हावेको गोलनै निर्णायक गोल बन्यो।मौरिससका डिफेन्डरबीच तालमेल मिल्न नसक्दा अन्जन बिष्टले बल खोस्दै दिएको पासमा अफसाइड बिट टयाप गर्दै बिमलले गरेको प्रहार पोलमा लाग्दै गोलमा परिणत भएको थियो।
दोस्रो मैत्रीपुर्ण खेल मंगलबार हुनेछ। नेपालले यो पहिलो पटक अफ्रीकी टोलीसंग अन्तराष्टिय खेल खेलेको हो।