Advertisement
विज्ञापन

टी-२० विश्वकप छनोटअघि नेपालले युएई, ओमान र आयरल्यान्डसँग टी-२० सिरिज खेल्ने



फाइल तस्बिर
Advertisement
विज्ञापन

नेपालले आइसिसी टी-२० विश्वकपको विश्व छनोटअघि टी(२० सिरिज खेल्ने भएको छ। ओमानमा हुने सिरिजमा नेपालले युएई, आयरल्यान्ड र घरेलु टिमसँग प्रतिस्पर्धा गर्ने भएको हो।

विश्वकपअघि नेपालले तयारीस्वरुप सिरिज खेल्न लागेको हो। सिरिज माघ २८ सुरु भएर फागुन २ मा सकिनेछ। नेपालले पहिलो खेल माघ २८ मा ओमान, दोस्रो खेल माघ २९ मा युएई र तेस्रो खेल फागुन २ मा आयरल्यान्डसँग खेल्नेछ।


Advertisement
Advertisement
Advertisement

नेपाल विश्व छनोटको समूह ‘ए’ मा छ । यो समूहलाई पनि दुई समूहमा विभाजन गरी प्रतियोगिता गरिनेछ । समूह २ मा नेपालले घरेलु टोली ओमान, क्यानडा र फिलिपिन्ससँग खेल्नेछ। समूह १ मा जर्मनी, आयरल्यान्ड, बहराइन र यूएई छन्। प्रतियोगिता फागुन ३ देखि १२ सम्म हुनेछ।

नेपालले फागुन ६ मा ओमानसँग, फागुन ७ मा फिलिपिन्स र फागुन ९ मा क्यानडासँग खेल्नेछ ,समूहका शीर्ष दुई टोलीले सेमिफाइनल खेल्नेछन्। विश्वकप क्वालिफायरको समूह ‘ए’ बाट दुई टोलीले अक्टोबरमा अस्ट्रेलियामा हुने विश्वकपमा स्थान बनाउने छन्।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad