Advertisement
विज्ञापन

प्रचण्ड चुनाव जित्नेमा यसकारण ढुक्क



Advertisement
विज्ञापन

काठमाडौं, ७ माघ । केपी शर्मा ओली प्रधानमन्त्री हुँदा घोषणा भएको चुनावको विपक्षमा उत्रिएका प्रचण्ड अचानक चुनावको प्रस्ताव लिएर निस्किए । कोरोना भाइरसको संक्रमण भई होम आइशोलेशनमा बसेका उनी निस्किएलगत्तै राजनीतिक तरंग ल्याउने गरी चुनावको प्रस्ताव लिएर आए ।

प्रचण्डले चुनावको प्रस्ताव गरेर ओलीलाई छटपटी बनाइदिएका छन् । सत्ता गठबन्धन मिलेर ओलीलाई निकै कमजोर पारिसकेका छन् । ६ महिनाभित्र ओलीको सरकारका विभिन्न निकायमा बाँकी रहेको प्रभाव निकै न्यून भइसकेको छ । संवैधानिक निकायका नियुक्तिमा बाहेक अन्यत्र ओली कमजोर छन् ।


Advertisement
Advertisement
Advertisement

ओली नेतृत्वको नेकपा एमाले फुटिसकेको छ । एमालेमा टिकेका ओलीइतर समूहका नेता पनि धमाधम पार्टी छाड्दैछन् । भीम रावल समूहका नेताहरु कुनैपनि बेला एमाले छाडेर जानसक्छन् । एमालेमा पहिरो गएको गयै छ । प्रचण्ड भने पूर्वमाओवादी एकताको माहोल बनाएर बसेका छन् । माधव नेपालसँग मिलेर चुनाव लड्ने भित्री सहमति बनाइसकेका छन् । नेकपा एससँग पूर्वमाओवादीसहित चुनाव लड्दा सफलता हासिल हुने आँकलन प्रचण्डले गरिसकेका छन् ।

सकभर काँग्रेससँग पनि चुनावी गठबन्धन गर्ने प्रचण्डको प्रयास छ । यस्तो अवस्थामा प्रचण्डले ठूलै राजनीतिक सफलता हासिल गर्न सक्छन् । विगतमा रेनु दाहाललाई भरतपुर महानगरपालिकाको मेयरमा जिताउँदा काँग्रेसको साथ मिलेको थियो । काँग्रेस सभापति शेरबहादुर देउवाले सिधै भूमिका खेलेका थिए । अहिले देउवा र प्रचण्डबीच गठबन्धन भएबाट पनि अबको चुनावमा पनि गठबन्धनको सम्भावना छ ।

प्रचण्डले ६ महिनाभित्र ठूलै शक्ति सञ्चय गरिसकेका छन् । उनले सरकारमा विश्वासपात्रहरुलाई पठाएर प्रभाव बनाउन सकेका छन् । यसकारण प्रचण्ड चुनाव जित्नेमा ढुक्क छन् ।

पहिले प्रतिनिधि सभाको चुनाव गर्ने उनको चाहना देखिन्छ । त्यस्तो अवस्थामा प्रतिनिधिसभाको चुनावमा सफलता हासिल भई स्थानीय चुनावमा पनि प्रभाव बनाउन सकिन्छ ।



Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad