झिमरुक युवाक्लब को आयोजनामा खुल्ला पुरुष भलिबल प्रतियोगिता सम्पन्न उपाधी सौतामारे टाइगर टिमलाई

दीपेन्द्र सुनार मंसिर २३ प्युठान।

प्युठान जिल्लाको झिमरुक गाउँपालिका वार्ड न १ को सौतामारेमा भएको खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधी सौतामारे टाइगर टिम प्युठान ले हात पारेको छ।

“राष्ट्रका लागि खेलकुद स्वास्थ का लागि खेलकुद ” भन्दै झिमरुक युवा क्लब प्युठानद्रारा यहि मंसिर २२/२३ गते गरि दुइदिन सम्म आयोजना गरेको खेलको फाइनल खेल आज भएको हो।

सहभागी ९ टिममध्ये प्रथम स्थानका लागि पाहाले युवाक्लब र सौतामारे टाइगर टिमबिच भएको प्रतिस्पर्धानात्मक खेलमा पाहाले युवा क्लब लाई २५/२२ र २५/१५ को सोझो सेटमा स्तब्ध पार्दै सौतामारे टाइगर टिमले प्रथम स्थान हासिल गर्न सफल भएको हो।

भने पाहाले युवा क्लबले दोर्स्रो स्थानमा चित बुझाएको छ।त्यस्तै जनप्रीय युवा क्लब मदाने गा.पा वार्ड न ६ ले तेर्स्रो स्थान हात पारेको छ।

बिजयी तीन टिमलाई नगद र प्रमाण पत्रले सम्मान गरिएको थियो । भने क्रमशः पहिलो , दोर्स्रो, र तेर्स्रो हुने लाई कार्यक्रम का प्रमुख अथिती झिमरुक गाउँपालिका वार्ड न १ का वडा अध्यक्ष धुर्ब्रराज खनालले क्रमश ३० हजार , २० हजार र १० हजार सहित प्रमाणपत्र हस्तान्तरण गरेका थिए।

कार्यक्रममा क्लब का अध्यक्ष गोबिन्द सुनारको सभापतित्व झिमरुक गाउँपालिका वार्ड न १ का अध्यक्ष धुर्ब्रराज खनालको प्रमुख आतिथ्यता , झिमरुक गाउपालिका कि पालिका सदस्य बिस्णा बिशेष आतिथ्यता बाट सुरु भएको कार्यक्रम को संन्चालन ठाकुर सुनार ले गर्नुभएको थियो।

तपाईलाई यो खबर कस्तो लाग्यो

  • नालीबेली न्युज

    नालीबेली न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nalibelinews@gmail.com मा पठाउन वा ९८५७०८५१३१/९८६३३२५१२१ फोन गर्न सक्नुहुने छ ।

प्रतिक्रिया दिनुहोस

  • चर्चित
  • भर्खरै