ढाकाबाङ्गमा खुल्ला भलिबल प्रतियोगीता सुरु

हलिम खान,कार्तिक २४,अर्घाखाँची 

भूमिकास्थान नगरपालिका वार्ड नम्बर २ को ठुलापाेखरामा देविकास्थान झाँक्रीशाला टाेल विकास समितिको आयोजनामा बुधबारदेखि खुल्ला भलिबल प्रतियोगिता सुरु भएको छ ।

भूमिकास्थान नगरपालिकाका नगरप्रमुख रेशम थापाले उद्घाटन गरेका प्रतियोगितामा अखिल नेपाल राष्ट्रिय खेलकुद महासंघका केन्द्रीय अध्यक्ष पृथ्वी थापा , स्थानीय सामाजिक व्यक्तित्व जिवनारायण खनाल , भूमिकास्थान नगरपालिका वार्ड नम्बर २ का अध्यक्ष बुद्धि बहादुर थापा, नेकपा (एमाले) का कमला खनाल, नेपाली काङ्ग्रेसका चुरामणि खनाल, नेकपा माओवादि (केन्द्र)का चेतन खनाल र राष्ट्रिय जनमाेर्चाका नारायण खनालले खेलको भव्य सफलताको सुभकामना दिएका थिए ।

कार्यक्रममा अखिल (छैठौं)का केन्द्रीय सदस्य जिवन नेपाली, बिश्व माविका शिक्षक जुमलाल खनाल, भगवती आधारभुत बिद्यालयका प्राचार्य कमल प्रसाद खनाल, जनप्रिय आधारभुत बिद्यालयका प्राचार्य पवित्रा क्षेत्री, पत्रकार टेकराज भुसाल, रेफ्रि निर्मल राना लगायतको आतिथ्यता रहेको थियो।

कार्यक्रम देविकास्थान झाकिशाला टाेल बिकास समितिका अध्यक्ष जितेन्द्र खत्रीको अध्यक्षता, गणेश सुनारको संचालन र प्रकाश चुदालीकाे स्वागत मन्त्वयमा सम्पन्न भएको थियोे ।

प्रतियोगितामा प्रथम पुरस्कार नगद रु २५ हजार, द्वीतीय पुरस्कार १५ हजार, तृतीय पुरस्कार १० हजार साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन। आजबाट सुरु भएको प्रतियोगिता कार्तिक २६ गते सम्म सन्चालन हुने अध्यक्ष जितेन्द्र खत्रीले जानकारी दिएका छन ।

तपाईलाई यो खबर कस्तो लाग्यो

  • नालीबेली न्युज

    नालीबेली न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nalibelinews@gmail.com मा पठाउन वा ९८५७०८५१३१/९८६३३२५१२१ फोन गर्न सक्नुहुने छ ।

प्रतिक्रिया दिनुहोस

  • चर्चित
  • भर्खरै