सुर्योदय युवा क्लब मालारानी अर्घाखाँची ले मनायो आफ्नो १७ बार्षिक उत्सव

दीपेन्द्र सुनार, कार्तिक १८ अर्घाखाँची ।
सुर्योदय युवाक्लब मालारानी गाउँपालिका वार्ड न ६ मेहेलपानी अर्घाखाँची ले आफ्नो स्थापनाको १७ बार्षिक उत्सव विविध खेलकुद प्रतियोगिता को आयोजना गरि सब्य र भब्य रुपमा सम्पन्न गरेको छ।

शुभ दिपावली तथा छ्ठ अबसर साथै क्लबको १७ औ बार्षिक उत्सव लाई मध्यनजर राख्दै गत १६ गते देखि १८ गते ३ दिनसम्म मनाइएको जन्म उत्सव मा क्रमश खुल्ला पुरुष भलिबल प्रतियोगिता , घैटो फोर प्रतियोगिता , पुरुष रस्साकसि प्रतियोगिता र भाले समाउने प्रतियोगिता आयोजना गरिएको थियो।

खुल्ला पुरुष भलिबल प्रतियोगिता मा १० टिमको सहभागी मध्ये
१:सौतामारे टाइगर टिम प्युठान प्रथम
२: दारिमचौर युवा क्लब प्युठान दोर्स्रो
३: मालारानी ८ अर्घाखाँची तेस्रो भएका छ्न।
प्रथम सौतामारे टाइगर टिम प्युठान ले नगद रु २१००० हजार मेडल र प्रमाण पत्र प्राप्त गरेको छ।
दोर्स्रो दारिमचौर युवा क्लब प्युठान ले नगद रु १५००० हजार मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । भने तेर्स्रो भएको मालारानी ८ ले नगद रु १०००० मेडल र प्रमाण पत्रमा चित बुझाएको छ।

त्यस्तै अन्य खेलका बिजेताहरुलाइ पनि पुरस्कार बितरण गर्दै कार्यक्रम को समापन गरिएको थियो।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रतिक्रिया दिनुहोस

  • चर्चित
  • भर्खरै

सम्बन्धित समाचार