एसियन कप छनोटमा नेपालले आज इरानसँग खेल्दै

काठमाण्डौ । २३ वर्ष मुनिको एएफसी एसियन कप छनोटमा नेपालले आज इरानसँग खेल्दैछ ।खेल ताजिकिस्तानको रिपब्लिकन सेन्ट्रल स्टेडियममा बेलुका पौने ५ बजे हुनेछ । नेपाल आज सुखद सुरुवात गर्ने दाउमा छ । तर, बलियो टिम इरानलाई हराउन त्यति सजिलो भने छैन । नेपालले २३ वर्ष मुनिको एसियन कप छनोटमा इरानसँग दोस्रो पटक खेल्न लागेको हो ।

यसअघि नेपालले सन् २०१५ मा इरानसँग उसैको घरेलु मैदानमा खेलेको थियो । त्यतिबेला नेपाल ५–० ले अन्तरले पराजित भएको थियो । नेपाली टिमका मुख्य प्रशिक्षक बाल गोपाल महर्जनले छनोटमा राम्रो नतिजा निकाल्न तयार रहेको बताएका छन् ।उनले विपक्षी टोली बलियो भए पनि आफूहरुले जितका लागि सक्दो प्रयास गर्ने बताएका छन् ।

छनोट प्रतियोगितामा नेपाल समूह ‘बी’ मा परेको छ । नेपालको समूहमा इरानसँगै आयोजक ताजिकिस्तान र लेबनान छन् ।नेपालले दोस्रो खेलमा ताजिकिस्तानसँग आउँदो बिहीवार खेल्ने छ भने आइतवार लेबनानसँग खेल्नेछ । समूहको शीर्ष टोलीले एसियन कप खेल्नेछन् । यस्तै दोस्रो टोली मध्ये उत्कृष्ट चार टोली पनि एसियन कपमा छनोट हुनेछन् ।

तपाईलाई यो खबर कस्तो लाग्यो

  • नालीबेली न्युज

    नालीबेली न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nalibelinews@gmail.com मा पठाउन वा ९८५७०८५१३१/९८६३३२५१२१ फोन गर्न सक्नुहुने छ ।

प्रतिक्रिया दिनुहोस

  • चर्चित
  • भर्खरै