नेपाली राष्ट्रिय क्रिकेट टोली आज बिहान ओमान जाँदै

त्रिदेशीय एक दिवसीय क्रिकेट श्रृङ्खला खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली आज ओमान जाँदैछ ।ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको १७ सदस्यीय नेपाली टोली आज बिहान ८ बजे ओमान प्रस्थान गर्ने नेपाल क्रिकेट सङ्घ क्यानले जनाएको छ ।

विश्व क्रिकेट लिग–२ अन्तर्गत नेपाल, ओमान र अमेरिकाबीचको त्रिदेशीय श्रृङ्खला भदौ २८ देखि असोज ४ गतेसम्म हुनेछ । त्यसअघि नेपालले पपुवा न्युगिनीसँग भदौ २० र २३ गते दुई वटा एक दिवसीय खेल्नेछ ।यसअघि नेपालले घरेलु मैदानमा ओमान र अमेरिकासँग ४ खेल खेलिसकेको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो

  • नालीबेली न्युज

    नालीबेली न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nalibelinews@gmail.com मा पठाउन वा ९८५७०८५१३१/९८६३३२५१२१ फोन गर्न सक्नुहुने छ ।

प्रतिक्रिया दिनुहोस

  • चर्चित
  • भर्खरै