Advertisement
विज्ञापन

साप्ताहिक राशिफल हेर्नुहोस वि।सं २०७८ साल साउन ३१ देखि भदाै ५ सम्म



फाईल फोटो
Advertisement
विज्ञापन

मेष –यो हप्ता सफल यात्राको योग छ । व्यापार तथा सेयर कारोबारमा रुचि बढ्नेछ । पुनर्मिलनको योग रहेको र उपहार पनि मिल्न सक्छ । मङ्गलवारबाट घरायसी वातावरणमा केही असामान्यता देखिन सक्छ, तर अभिभावकको आशीर्वादले काम गर्नसक्छ । यो साताका लागि शुभ अङ्क १,९ र शुभ रङ्ग गुलाबी वा सिन्दुरे हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि नवग्रहको स्मरण गरी कार्य आरम्भ गर्दा राम्रो हुनेछ ।

वृष–यो साता सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् र नयाँ कार्यको योजना बन्नेछ । लामो समयपछि आफन्तसँग भेटघाट हुनेछ । शुभ कार्य, यज्ञयज्ञादी तथा धार्मिक कृत्यमा विशेष सहभागिताको अवसर पनि मिल्नेछ । यो साताका लागि शुभ अङ्क ३,९ र शुभ रङ्ग सुन्तला हो । कुनै शुभकर्म गर्नु पूर्व श्रीकृष्ण भगवानको दर्शन गरी कार्य आरम्भ गर्दा सफलता मिल्नेछ ।


Advertisement
Advertisement
Advertisement

मिथुन–यो हप्ता नयाँनयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । पुनर्मिलनको योग रहेको छ । सामाजिक र राजनैतिक कामबाट प्रशंसा प्राप्त हुनेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । शुभकार्यको चर्चा पनि चल्नेछ । यो साताका लागि शुभ अङ्क २,९ र शुभ रङ्ग हरियो हो । कुनै शुभकर्म गर्नु अघि मान्यजनको आशीर्वाद लिएर कार्य गर्नाले अधिक सफलता मिल्नेछ ।

कर्कट–यो सातामा रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । प्रेम र मित्रताको बन्धन कसिनुका साथै बाहन लाभ हुने समय छ । विशेष यज्ञयागादि तथा धार्मिक कृत्यमा सहभागीको अवसर पनि मिल्नेछ । यो साताका लागि शुभ अङ्क २,४ र शुभ रङ्ग सेतो वा खैरो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि भैरवजीको स्मरण गरी कार्य आरम्भ गर्दा सफलता मिल्नेछ ।

सिंह–यो साता हराएको आत्मविश्वास जाग्नेछ । प्राविधिक कार्यबाट अधिक सफलता मिल्नेछ । वैदेशिक कार्य सहजै अघि बढ्नेछ । व्यापार तथा सेयर कारोबारमा लाभ हुनेछ । धर्मकर्म तथा समाजसेवामा पनि मन लाग्ने र लाभ हुनेछ । यो साताका लागि शुभ अङ्क ५,८ र शुभ रङ्ग रातो हो । कुनै शुभकर्म गर्नु पूर्व शिवजीको दर्शन वा स्मरण गरी कार्य आरम्भ गर्दा राम्रो हुनेछ ।

कन्या–यो साता शुभ समाचार सुन्न पाइएला । आफन्तसँग भेटघाट हुनेछ । नयाँ अवसर आउनाले मन प्रसन्न रहनेछ । भौतिक कारोबारमा विशेष लाभ मिल्नेछ । साताको मध्यमा नियमित खर्च बढ्ने योग छ । यो साताका लागि शुभ अङ्क १,६ र शुभ रङ्ग सेतो वा हरियो हो । शुभकर्म गर्नु पूर्व भैरवजीको स्मरण गरी कार्य आरम्भ गर्दा शुभ फल मिल्नेछ ।

तुला–यो साता शुभ कार्यको लागि लाभदायक यात्रा हुनेछ । सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ । बुधवारबाट कामहरू अधुरै रहलान् । लगानी डुब्ने भय छ अतः सचेत रहनु होला । यो साताका लागि शुभ अङ्क २,७ र शुभ रङ्ग हरियो हो । शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विष्णु भगवानको दर्शन गरी कार्य आरम्भ गर्दा लाभ मिल्नेछ ।

वृश्चिक–यो साताको सुरुका दिनमा विश्वास पात्रले भाषा परिवर्तनले मनमा दुबिधा उत्पन्न हुन सक्छ । गाडी चलाउँदा वा यात्रागर्दा सावधानी अपनाउनु नै पर्नेछ । साताको अन्त्यमा मनोरञ्जन र रोमाञ्चक यात्राको योग छ ।यो साताका लागि शुभ अङ्क ५,७ र शुभ रङ्ग निलो वा खैरो हो । कुनै शुभकर्म गर्नु पूर्व दुर्गादेवीको स्मरण गरी कार्य आरम्भ गर्दा शुभ फल प्राप्त हुनेछ ।

धनु–यो साता रोकिएका र पुराना अधुरा कार्य पुनस् प्रारम्भ हुनेछन् । सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ । वैदेशिक क्षेत्रबाट सफलता पाइने र रमाइलो यात्रा हुनेछ ।कृषि क्षेत्रमा सफलता मिल्नेछ । यो साताका लागि शुभ अङ्क ३,७ र शुभ रङ्ग पर्पल हो । कुनै शुभकर्म गर्नु पूर्व शिवजीको पूजा अर्चनागरीगरेको कार्यबाट अधिक सफलता मिल्नेछ ।

मकर–यो साता धार्मिक तथा शुभकार्यको लागि यात्राको योग रहेको छ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । कलकारखाना र बन्दव्यापारमा विस्तारै फाइदा हुन थाल्छ । यो साताका लागि शुभ अङ्क २,४ र शुभ रङ्ग हरियो वा गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि महालक्ष्मीको दर्शन गरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

कुम्भ–यो सातामा नयाँ र राम्रा अवसरहरू प्राप्त हुनेछन् । बहु प्रतीक्षित र रोकिएको काम पूरा हुनसक्छ । शेयर बजारको लगानीले सफलता दिलाउनेछ । परिवारमा रमाइलो जमघट हुनेछ र अभिभावकले सन्तुष्टि जनाउने छन् । यो साताका लागि शुभ अङ्क ७ र शुभ रङ्ग पर्पल हो । कुनै शुभकर्म गर्नु पूर्व भैरवजीको दर्शन गरि कार्य आरम्भ गर्दा राम्रो हुन्छ ।

मिन–यो सातामा आफूले बोलेको र भनेको कुराको विपरीत अर्थ लाग्नसक्छ । । साताको अन्त्यबाट नयाँ कार्यको योजना बन्नेछ । मनमा हर्षउमङ्ग र उत्साह छाउला । प्रविधि र साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ । यो साताका लागि शुभ अङ्क २,९ र शुभ रङ्ग पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि भैरवजीको दर्शन गरि कार्य आरम्भ गर्दा बढी सफलता मिलन सक्छ।

ज्यो.प्रभु:- चुरामणी पाण्डे”ईश्वर”

ज्यो.प्रभु:- चुरामणी पाण्डे"ईश्वर"
ज्यो.प्रभु:- चुरामणी पाण्डे”ईश्वर”
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad