
आज मिति २०७८ साल कार्तिक २५ गते विहिबार। सन् २०२१ नोभेम्बर ११ तारिख । नेपाल संवत् ११४१ । राक्षस नाम संवत्सर । सुर्य दक्षिणायन। शरद ऋतु ।
मेष (चु, चे,चो,ला,ली,लु,ले,लो,अ,)
मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । माया प्रेममा मनमुटाब सिर्जना भई मनमा खिन्नता आउनेछ। आजको दिन कुनै आर्थिक कारोवारबाट क्षति व्यहोर्नुपर्ने देखिन्छ,सजग रहनुहोला।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
माया प्रेममा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ भने आफन्तजन सँग बिग्रिएको सम्बन्धमा सुधार आउनेछ । व्यापार व्यावसाय फस्टाएर जाने हुनाले आर्थिक व्यावस्थापनका मुद्दाहरु हल भएर जानेछन् ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
पढाई लेखाईमा अरुदिन भन्दा राम्रो प्रगति भएर जानेछ भने प्रतिश्पर्धामा सफलता प्राप्त हुने देखिन्छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँन सकिनेछ भने तपाईको कार्य शैलिको सबैले समर्थन गर्नेछन् ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
व्यावसायमा मन्दि आउनेछ भने घर जग्गा तथा सवारि साधनको व्यावसायबाट सन्तोषजनक आम्दानि गर्न सकिनेछ । माया प्रेममा केही खटपट आउनेछ । बिद्यार्थीहरुले पढाई लेखाईमा ध्यान नदिदा अरुभन्दा पछि परिनेछ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
छोटो दुरिको यात्रा हुन सक्नेछ। दाजुभाईबाट तपाईले सोचेभन्दा बढि सहयोग पाईने हुदा मन प्रफुल्लित हुनेछ । आट तथा पराक्रम बढेर जाने हुनाले काम गर्न जोस आउनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि दिन राम्रो देखिन्छ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
परिवार, साथिभाई तथा आफन्तका साथ रमाईलो जमघट हुने तथा स्वादिष्ट भोजनका साथ दिन बिताउन सकिनेछ । अग्रजहरुबाट सुनिने शुभ समाचारले मन उत्साहित बनाउनेछ । कृषिकार्यबाट लाभ हुने देखिन्छ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
अध्ययन तथा अध्यापनको क्षेत्र तपाई आफ्नै कारणले कमजोर रहनेछ । आफन्तजन तथा घर भित्रकै मानिसबाट धोका हुन सक्छ सजक भएर काम गर्नुहोला । व्यापार व्यावसाय बढिनै संघर्ष गर्नु पर्नेछ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
अध्ययनको क्षेत्र राम्रो छ। व्यापार व्यावसाय फस्टायर जानेछ भने बिदेशमा बसेर काम गर्नेहरुका लागि आजको दिन फलदायि रहनेछ । स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउनेछ भने दैनिक काम गर्न असहज महशुस हुनेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
आजको दिनमा आम्दानिका स्रोतहरु फराकिला हुनेछन् । सामाजिक कार्य गरि समाजमा कमाउन सकिनेछ । प्रेम प्रसङ्गमा रमाउन चाहनेहरुका लागि समय उत्तम रहेकोछ । दाजुभाई तथा आफन्तको साथ रहनेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
आज थालिएका जुनसुकै कामहरुबाट भनेजस्तो कमाई हुँने हुँदा आर्थिक क्षेत्र बलियो हुनेछ । नयाँ काम पाउँने तथा नोकरिमा सुगम स्थानमा स्थानान्तरणको चर्चा चल्नेछ ।
आज आफन्तको समर्थन पाइने हुँदा मन प्रसन्न रहनेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
पारिवारिक माहोलमा दिन बित्ने तथा आफन्त बाट सहयोग पाईनेछ । अध्ययन तथा अनुशन्धानको क्षेत्रमा राम्रो प्रगति गरि अरुलाई देखाउन सकिनेछ । धार्मिक तथा सामाजिक कार्यमा दिन बित्नेछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
पढाई लेखाईमा मन जाने छैन । स्वास्थ्य सम्बन्धि समस्या आउनेछ भने ऋण रोगले सताउनेछ । घर परिवार तथा आफन्तहरुसँग मनमुटाबको वातावरण सिर्जना हुनेछ सचेत रहनुपर्ने देखिन्छ ।