Advertisement
विज्ञापन

अन्ततः मेस्सी पेरिसमा, भने – मेरो उद्देश्य र क्लबको दृष्टिकोण एक अर्कासँग मिल्छ



Advertisement
विज्ञापन

एजेन्सी
लियोनेल मेस्सीले पेरिस सेन्ट जर्मेनसँग दुई वर्षको करारमा हस्ताक्षर गरेका छन् । ३४ वर्षीय खेलाडीसँग तीन वर्ष रहने विकल्प पनि करारमा राखिएको छ । ला लिगाको फाइनान्सिययल फेयर प्लेको नियमअनुसार नयाँ करार दिन नसकेपछि मेस्सी २१ वर्षपछि बार्सिलोना छाड्न बाध्य भएका हुन् ।

‘म पेरिसमा मेरो करियरको नयाँ अध्याय सुरु गर्न निकै आतुर छु । मेरो उद्देश्य र क्लबको दृष्टिकोण एक अर्कासँग मिल्छ,’ करारमा हस्ताक्षर गरेपछि मेस्सीले भने, ‘मलाई थाहा छ यहाँ निकै प्रतिभावान् खेलाडी र स्टाफ रहेका छन् । म क्लब र फ्यानका लागि केही राम्रो निर्माण गर्न चाहन्छु । पार्क डेस प्रिन्सेसको मैदानमा खुट्टा टेक्न निकै उत्साहित छु ।’

पीएसजीका अध्यक्ष नासेर अल खेलाफीले मेस्सीलाई पेरिसमा स्वागत गर्न पाउँदा आफू निकै उत्साहित भएको बताएका छन् । उनले आफ्नो टोलीले विश्वभर नयाँ इतिहास बनाएको हेर्न इच्छुक रहेको बताए ।१३ वर्षको उमेर बार्सिलोनासँग् आबद्ध भएका मेस्सीले बार्सिलोनाका लागि ७७८ खेलमा ६७२ गोल गरेका छन् । यस क्रममा उनले कीर्तिमानी ६ वटा बालोन डि ओरका साथै ३५ वटा उपाधि जितेका छन् ।

पीएसजीले मेस्सीसँगै जर्जिनियो विजनाल्डम, सर्जियो रामोश र जियानलुइजी डोनारुमालाई फ्रि ट्रान्सफरमा अनुबन्ध गर्न सफल भएको छ । त्यस्तै, इन्टर मिलानबाट अस्रफ हाकिमीलाई यो सिजन पीएसजीले भित्र्याएको छ ।मेस्सीले पीएसजीमा ३० नम्बर जर्सी लगाउने भएका छन् । उनले शनिबार स्ट्रास्बर्गविरुद्ध डेब्यू गर्न सक्नेछन् ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad