
प्रेमनारायण आचार्य।अर्घाखाँचीको छत्रदेव गाउपालिका वडा नम्बर २ काभ्रेमा नेपाली कांग्रेसका क्रियासिल सदस्य नारायण प्रसाद पौडेलको नवौ दिनको पुण्य तिथिको अबसरमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । वावुराम पौडेल र पदमलाल पौडेलका पुज्यनिय पिता नारायण प्रसाद पौडेलको ७९ बर्षको उमेरमा यही साउन १७ गते निधन भएको थियोे ।श्रद्धाञ्जली सभामा मन्ब्य राख्दै नेपाली कांग्रेसका निबर्तमान सभापति तथा सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमल प्रसाद भुसालले नारायण प्रसाद पौडेलको निधनले कांग्रेसलाई अपुरणिय क्षति पुगेको बताउनुभयो । उहाँले देखाएको बाटोमा सबै अगाडि बढ्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा कांग्रेस जिल्ला सचिव विष्णुप्रसाद भुसाल , छत्रदेव गाउँपालिकाका अध्यक्ष लेखनाथ पोख्रेल, नेपाली कांग्रेसका जिल्ला सदस्य पिताम्बर खनाल, पुर्ब जिल्ला सहसचिव बाबुराम पौडेल, नेपाली कांग्रेस छत्रदेब गाउँपालिकाका संयोजक वालकृष्ण पोख्रेल, १ नम्बर वडा अध्यक्ष प्रकाशराज पन्थी , २ नम्बर वडा अध्यक्ष राजेसकुमार पन्थी , नेपाल पत्रकार महासंघका प्रदेश सदस्य प्रेमनारायण आचार्य, नेविसंघका जिल्ला सभापति भरतमणि भट्टराई , नेपाली कांग्रेसका नारायण भट्टराई , ईश्वरी पौडेल, पिताम्बर भुसाल , चुमा पौडेल, माया पौडेल लगायतले श्रद्धाञ्जली तथा समवेदना ब्यक्त गर्नु भएको थियोे ।
श्रद्धाञ्जली सभा नेपाली कांग्रेस छत्रदेव २ का सभापति नन्द वहादुर पौडेलको सभापतित्व र नेपाल तरुण दल छत्रदेबका संयोजक नरेन्द्र पौडेलको सञ्चालनमा सम्पन्न भएको हो ।साभार अर्घाखाँचीबुलेटिन