Advertisement
विज्ञापन

एमालेमा शक्तिशाली अध्यक्षको प्रस्ताव



Advertisement
विज्ञापन

नेकपा एमालेमा शक्तिशाली अध्यक्षको प्रस्ताव गरिएको छ।सोमबार तुल्सीलाल स्मृति प्रतिष्ठान ललितपुरमा बसेको केन्द्रीय कमिटी बैठकमा उक्त प्रस्ताव गरिएको हो।अधिवेशनबाट अध्यक्ष र केन्द्रीय सदस्य निर्वाचित हुने विधान प्रस्ताव गरिएको छ।महाधिवेशनबाट २२५ सदस्यीय केन्द्रीय समिति र एक जना निर्वाचित हुन्छन्। २ जना उपाध्यक्ष, एक जना महासचिव, दुई जना उपमहासचिव र सात जना सचिव केन्द्रीय समितिले चयन गर्छ।तपाईंहरूले शक्तिशाली अध्यक्षको प्रस्ताव गर्नु भएको होरु प्रश्नमा प्रवक्ता प्रदीप ज्ञवालीले विगतको अनुभवले अध्यक्षलाई काम गर्न अप्ठ्यारो महसुस भएकाले अध्यक्षमात्र निर्वाचित हुने परिकल्पना गरिएको बताए।

‘पदाधिकारी पनि निर्वाचित भएर आउने, अध्यक्ष पनि निर्वाचित भएर आउने भएकोले त्यसले क्षेत्राधिकार बाँडफाँटमा अप्ठ्यारो पर्‍यो’, बैठकपछि पत्रकारसँग बोल्दै उनले भने, ‘त्यही भएर हामीले अध्यक्षको प्रस्ताव गरेका हौं।’विधान अधिवेशन भदौ २७ र २८ गते हुँदैछ। विधान अधिवेशनले अहिले केन्द्रीय कमिटीको प्रस्ताव पारित गरेपछि एमालेमा अध्यक्ष शक्तिशाली बनाउने विधान हुन्छ।
एमालेमा २०६५ सालदेखि बहुपदीय प्रणाली लागू गरिएको थियो। २०६५ मा भएको आठौं महाधिवेशनबाट अध्यक्ष, तीन जना उपाध्यक्ष, एक जना महासचिव र तीन जना सचिव निर्वाचित भएका थिए।त्यसपछि नवौं महाधिवेशनबाट अध्यक्ष, पाँच जना उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव र पाँच सचिव निर्वाचित भएका थिए। निवर्तमान अध्यक्ष स्वतस् वरिष्ठ नेता र वरिष्ठ नेता पदाधिकारी हुने विधानमा प्रावधान थियो।


Advertisement
Advertisement
Advertisement

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad