Advertisement
विज्ञापन

फेरी शुरू भयो एमाले एकता अभियानः कार्यदलले थाल्यो छलफल



Advertisement
विज्ञापन

१० औँ महाधिवेशन आयोजिक कमिटीलाई केन्द्रीय कमिटीलाई रुपान्तरण गर्ने निर्णय भएसँगै नेकपा एमालेको एकता अभियान फेरी सक्रिय भएको छ ।

दुवै पक्षका माग सुन्दै एकता गर्ने उद्धेश्यसहित गठन गरिएको एमाले कार्यदलका नेताहरु फेरी छलफलमा लागेका हुन् । ललितपुरको समिट होटलमा ओली पक्षका चार र नेपाल पक्षका चार जना नेताहरुले यसैमा केन्द्रीत वार्ता जारी राखेका छन्।


Advertisement
Advertisement
Advertisement

आन्तरिक छलफल जारी रहेकाले बुधबारको ओली पक्षको निर्णहरुमाथि नेपाल पक्षका नेताहरुले प्रतिक्रिया दिएका छैनन्।

ललितपुरस्थित समिट होटलमा संस्थापन पक्षबाट उपमहासचिव विष्णु पौडेल,नेता सुवास नेम्वाङ र शंकर पोखरेल वार्तामा सहभागी छन् । माधव नेपाल पक्षबाट उपमहासचिव घनश्याम भुसाल, सचिवहरू भीम आचार्य, गोकर्ण विष्ट र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे छन् ।

माधव नेपालसहितको बैठक बसेर पार्टीलाई एकताबद्ध बनाएर लैजाने अवसर आएको भन्दै वार्तामा सहभागी नेता नेम्वाङले महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरूकै हैसियतमा सबैले आआफ्नो ठाउँबाट पार्टी एकताका लागि पहल गर्नुपर्ने बताए ।

यसअघि आयोजक कमिटी बैठक बस्नुभन्दा पहिले पनि पौडेल र भुसालबीच छलफल भएको थियो । नेकपा एकतापूर्व एमालेबाट थपिएका ४१ जना सदस्य र माओवादीबाट थपिएका नेताहरूसहितको बैठक बस्न अनौपचारिक सहमति भएको नेताहरूले बताएका छन् ।



Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad