Advertisement
विज्ञापन

प्रधानमन्त्री कप क्रिकेट : आज दुई खेल हुँदै



Advertisement
विज्ञापन

काठमाडौं । लुम्बिनी प्रदेशमा जारी प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज दुई खेल हुँदैछन् । आज कोशी र मधेश प्रदेश तथा गण्डकी र कर्णाली प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । दुवै खेल बिहान ९ बजे सुरु हुने छन् ।

कोशी र मधेशबीचको खेल भैरहवास्थित सिद्धार्थनगर रङ्गशालामा हुनेछ । गण्डकी र कर्णालीको खेल दाङको देउखुरी क्रिकेट मैदानमा हुनेछ ।


Advertisement
Advertisement

जारी प्रतियोगितामा कोशी प्रदेश पहिलो खेलमा पराजित भएको छ भने मधेशले आज पहिलो खेल खेल्दैछ ।

यसैगरी, कर्णाली र गण्डकीले आज दोस्रो खेल खेल्दैछन् । पहिलो खेलमा कर्णालीले जित हासिल गरेको थियो भने गण्डकी पराजित भएको थियो ।
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Ads will close in 8 seconds
Skip Ad