Advertisement
विज्ञापन

लुम्बिनी प्रदेश सभाको नवौं बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची



Advertisement
विज्ञापन

दाङ ।  लुम्बिनी प्रदेश सभाको नवौं बैठक आज आइतबार बस्दैछ । दिउँसो एक बजे बस्ने बैठकमा विभिन्न महत्त्वपूर्ण विषयहरूमा छलफल हुने कार्यसूची तय गरिएको छ ।

प्रदेश सभा सचिव दुलर्भकुमार पुनमगरका अनुसार बैठकको सुरुवातमा सभामुख तुलाराम घर्तीमगरले कार्यव्यवस्था परामर्श समितिमा सदस्यहरूको नाम हेरफेर सम्बन्धी जानकारी सभालाई गराउनेछन् ।


Advertisement
Advertisement

त्यसपछि प्रदेश सभा सदस्यहरूले समसामयिक विषयमा विशेष समयमा आफ्ना विचार प्रस्तुत गर्नेछन्, जसका लागि १ घण्टा ३० मिनेटको समय छुट्याइएको छ ।

यसैगरी, प्रदेश मामिला तथा कानून समितिका सभापतिले लुम्बिनी अनुसन्धान सम्बन्धी प्रतिवेदन सहितको विधेयक पेश गर्ने कार्यसूची रहेको छ । सो विधेयकले लुम्बिनी प्रदेशमा अनुसन्धान प्रवर्द्धन गर्ने उद्देश्य राखेको छ ।

त्यसैगरी, अर्थ, उद्योग तथा पर्यटन समितिका सभापतिले प्रदेश आर्थिक कार्यविधि सम्बन्धी प्रतिवेदन सहितको विधेयक पनि सभामा पेश गर्ने कार्यसूची छ ।

उक्त विधेयकले प्रदेशको आर्थिक प्रणालीलाई अझ व्यवस्थित र प्रभावकारी बनाउने लक्ष्य लिएको छ ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Ads will close in 8 seconds
Skip Ad