Advertisement
विज्ञापन

१८ वर्षे तुल बहादुरः यसरी बने राष्ट्रिय खेलाडी



Advertisement
विज्ञापन

प्यूठान।प्यूठानको नौबहिनी गाउँपालिका–५ डामृका १८ वर्षे तुलबहादुर थापाको गाउँमा क्रिकेट खेल्ने मात्रै होइन हेर्नेहरू समेत अझै न्यून छन् । सामान्य परिवारमा जन्मेका थापाले भारतमा सिकेको खेलले नेपाली क्रिकेटर बन्दैछन् । काकाको साथमा भारतको चण्डिगढमा पढ्दा क्रिकेट खेल्न थालेका थापा १२ वर्ष उमेर मुनिको समूह भारतको चण्डिगडमा जिल्लास्तरीय प्रतियोगिताको अवसर पाएका थिए ।

२०१६ मा भारतबाट कक्षा आठको परीक्षा दिएर घर आएका थापा दाङको भालुवाङमा भएको जिल्ला स्तरको मुस्लिम कप प्रतियोगितामा पहिलो पटक खेले यो उनको नेपालमा खेल यात्रा शुरु भयो । थापा नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा टी–२० फ्रेन्चाइज लिग नेपाल प्रिमियर लिग मंसिर १५ देखि पुस ६ गतेसम्म काठमाण्डौँमा हुने फ्रेन्चाइज लिगमा समेत खेल्ने भएका छन् ।


Advertisement
Advertisement
Advertisement

उनलाई जनकपुर बोल्टर्सले २ लाखमा अनुबन्धन गरिसकेको छ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका विकेट किपर ब्याटर आसिफ शेख मार्की खेलाडी रहेको जनकपुरमा पुबुदु दासानायके मुख्य प्रशिक्षकको जिम्मेवारीमा छन् । त्यहाँ थापाले थप अनुभव गर्दै छन् । देशको लागि क्रिकेट क्षेत्रको अन्तराष्ट्रिय खेल खेल्ने लक्ष्य रहेको थापा बताउँछन् । ‘अनुभवी क्रिकेटरसंग खेल्न पाउँदा नेपाल प्रिमियर लिगलाई राष्ट्रिय टिमबाट खेल्ने ढोकाको रूपमा लिएको छु ।

उत्कृष्ट प्रदर्शनका लागि तयारी गरिरहेको छु ,’ थापाले भने । थापा क्रिकेटमा बाया हाते च्याइनामेन स्पिनर हुन् । यो बलिङ तर्फ कमैमा क्षमता हुन्छ । यही कारण पनि धेरै छोटो समयमा धेरै लिग र फ्रेन्चाइजहरूमा अवसर पाएका हुन् । चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) मा भैरहवा ग्ल्याडियटर्सको ट्यालेन्ट हन्ट मार्फत राष्ट्रिय खेलमा अवसर पाएका थापाले नेपाल प्रिमियर लिग, प्रधानमन्त्री कप ९ वटा राष्ट्रिय स्तरका खेलहरू खेलेको जानकारी दिए । शारिरिक अस्वस्थताको कारण दुई वर्ष भारतमा उपचार गरेर फर्केका थापा हाल भैरहवा, नेपालगञ्जमा हुने लिगहरूमा भाग लिँदै आएका छन् । पछिल्लो समयमा शक्ति गौचनले प्रशिक्षण दिँदै आएको स्टार क्रिकेट एकेडेमीमा सिक्दै आएका छन् ।

 

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad