Advertisement
विज्ञापन

आयोजक झरना स्पोर्टस क्लब फाईनलमा



Advertisement
विज्ञापन

रुपन्देहीमा जारी ३६ अौ झरना रनिङशिल्ड फुटबल प्रतियोगितामा आयोजक झरना स्पोर्टस क्लब बिजयी हुदै फाईनलमा प्रवेश गरेको छ।

स्वर्गिय खगी गुरुङसेनीको पुण्य स्मृतिमा कुन्जलापुरस्थित फुटबल मैदानमा बिहिबार भएको खेलमा गोर्खा ब्यायज क्लबलाई ३-२ गोल अन्तरले पराजित गर्दै फाईनल भिडन्त पक्का गरेको हो।खेलको चौथो मिनेटमा गोर्खा ब्यायजका अनिल रानामगरले बाईसाईकल क्रिकमार्फत जाली चुमाए। यसैगरि खेलको रिचार्डले दोस्रो गोल गरे। गोर्खा ब्यायजका अनिल रानामगरको क्रशमा रिचार्डले झरनाका गोलकिपर अमानत शेखलाई बिट गर्दै गोल गरे। दोस्रो हाफमा झरना खेलमा फर्कियो ।


Advertisement
Advertisement

खेलको ४४ अौ मिनेटमा झरनाका एरोन थापाले गोल गरे। खेलको ६५ अौ मिनेटमा जितेश गुरुङले बराबरी गोल गरे। अतिरक्त समयमा झरनाका एलेक्स भिक्टरले विजयी गोल गरे। लक्षु थापाको क्रममा हेडमार्फत गोल गरे। खेलमा झरनाका सन्तोष खत्री म्यान अफ दी म्याचबाट पुरस्कृत भए।

प्रतियोगिताको उपाधि विजेताले नगद ३ लाख ३१ हजार रुपैया, यसैगरि उपविजेता टिमले १ लाख ८१ हजार रुपैया, कप तथा सेमिफाईनलमा पुग्ने दुई टिमलाई जनही नगद २५ हजार रुपैयाका साथै प्रत्येक खेलमा म्यान अफ दि म्याचलाई ३ हजार ट्रफि, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ । विधागत रुपमा उत्कृष्ट खेलाडीहरुलाई १० हजार र सर्वोत्कृष्ट खेलाडीलाइ १५ हजार रुपैयाबाट पुरस्कृत हुने छन् । प्रतियोगिता तिलोत्तमा नगरपालिकाको कुन्जलापुरस्थित उमा आधारभुत विद्यालयको खेल मैदानमा भई रहेको छ ।
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement