पलेशा गोवर्द्धनलाई सरकारले आज ६५ लाख नगदसहित सम्मान गर्ने
२३८३
काठमाडौँ।पेरिस पाराओलम्पिक २०२४ को तेक्वान्दोमा काँस्य पदक प्राप्त गरी राष्ट्रको गौरव स्थापित गर्ने खेलाडी पलेशा गोवर्द्धनलाई सरकारले आज ६५ लाख रुपैयाँसहित सम्मान गर्दैछ।
शुक्रबार बिहान साढे नौ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारको पुरानो सचिवालयमा हुने समारोहमा पलेसालाई सम्मान गर्न लागिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
त्यसैगरी पाराओलम्पिकका प्रशिक्षकलाई ५ लाख ८५ हजार र टिम व्यवस्थापकलाई २ लाख ९२ हजार रुपैयाँ पुरस्कारसहित सम्मान गरिँदैछ।




