Advertisement
विज्ञापन

जिल्ला स्तरीय किड्स टिन्स एण्ड खुला भुपुसैनिक ब्याडमिन्टन हुने



Advertisement
विज्ञापन

बुटवल। रुपन्देही जिल्ला विद्यालय स्तरीय किड्स एण्ड टिन्स तथा खुल्ला भुपु सैनिक ब्याडमिन्टन प्रतियोगिता २०८१ हुने भएको छ । माउण्ट एभरेष्ट कथ्था मिलको मुख्य प्रायोजनमा लुम्बिनी स्पोर्ट्स क्लबको आयोजनामा भदौ २९ गतेबाट तिलोत्तमा नगरपालिकाको सुपौलीमा प्रतियोगिता हुने प्रतियोगिताको सबै तयारी पुरा भएको बुधबार पत्रकार सम्मेलन गरि क्लबका उपाध्यक्ष राजेन्द्र गुरुङले बताए । ‘खेल खेलौ, स्वास्थ्य रहौ, राष्ट्रलाई चिनाआ’ै भन्ने मुल नारासहित खेल विकास र खेलाडी उत्पादनमा लागेको क्लबका उपाध्यक्ष गुरुङले बताए । वार्षिक रुपमा प्रतियोगिता र सामाजिक गतिविधिमा क्लब अग्रसर रहेको उनले बताए । भुपुहरुले आफुमा रहेको कलालाई संस्थागत रुपमा गोलबन्द गरि सामाजिक र खेल गतिविधिमा लगाउन सफल भएको उनले बताए ।

कार्यक्रममा सहसचिव तथा संयोजक सुन्दर गुरुङले रुपन्देहीमा धेरै ब्याडमिन्टन कभर्ड हल भएपनि एकेडेमीका रुपमा तिलोत्तमा नगरमा आफुहरुले संचालन गरेको दाबी गरे । भारतका यु–१९ च्याम्पियन सुसान्तसिह राजपुतलाई एकवर्षको लागि सम्झौता गरि प्रशिक्षकका रुपमा भित्राएर प्रशिक्षण दिदै आएको उनले बताए। चार महिनाबाट ब्याडमिन्टनको नियमित अभ्यास समेत गराउदै आएको छ । ‘नया खेलाडी उत्पादनमा क्लब लागेको छ ।’—उनले भने । जहाँ ६ देखि १७ वर्षका २४ जना बालबालिकाहरु प्रशिक्षण गर्दै आएका छन । जिल्ला प्रतियोगितापछि प्रदेश र राष्ट्रिय स्तरको प्रतियोगिता गर्ने तयारी रहेको उनले बताए । तिलोत्तमा नगरलाई ब्याडमिन्टनमय नगर बनाउने गरि ब्याडमिन्टन महोत्सव समेत गर्ने तयारी रहेको छ । नगरमा रहेका आधा दर्जन कभर्ड हललाई समेटेर बृहत् कार्यक्रम चलाउने योजना रहेको उनले बताए। यसका लागि तीन तहकै सरकार, संघसंस्थाहरुबाट सहकार्य हुने उनले बताए । ‘राष्ट्रिय प्रतियोगिताको छनौट खेल गर्न लागेका छौ ।’ –उनले भने ।


Advertisement
Advertisement
Advertisement

प्रतियोगितामा ब्वाइज र गल्स गरि ११, १३ र १७ वर्ष उमेर समुहका विद्यालयस्तर र रिटार्ड आर्मीहरुको बिचमा खुला डबल्स प्रतियोगिता हुने उनले बताए । विद्यालयस्तरमा विजेता, उपविजेता तथा सान्त्वना खेलाडीहरुलाई नगद, गिफ्ट हेम्पर, कप र प्रमाणपत्रबाट पुरस्कृत गरिने तथा भुपुसैनिक तर्फ भने प्रथम टिमलाई १५ हजार, दोस्रो टिमलाई १० हजार र सान्त्वना टिमलाई नगद ७ हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए ।

खेलाडी उत्पादन र स्वस्थ्य रहन गरि दुई लक्ष्यसहित प्रतियोगिता गर्न लागेको उनले बताए। पुर्व कोषाध्यक्ष स्वर्गीय महेश रानाको स्मृतिमा १ लाख रुपैयाको अक्षयकोष स्थापना गरिएको छ। क्लबको कभर्डहलमा हुने प्रतियोगितामा सचिव विष्णु दगामीले बताए । प्रतियोगितामा १० विद्यालयबाट सहभागीता हुने पक्का भएको तथा भुपुमा ४० टिमले भाग लिने उनले बताए । प्रतियोगितामा ३ लाख खर्च हुने अनुमान रहेको उनले बताए ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad