Advertisement
विज्ञापन

रुसको भीषण आक्रमणबीच युक्रेनका विदेशमन्त्री कुलेबाको राजीनामा



Advertisement
विज्ञापन

काठमाडौं। रसियाले आक्रमण बढाउँदै लगेको अवस्थामायुक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाले राजीनामा दिएका छन् ।

रसियाले युक्रेनमा भीषण मिसाइल आक्रमण गरिरहेको बेला राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मन्त्रिमन्डल पुनर्गठन गर्ने तयारी गरेका छन् ।


Advertisement
Advertisement
Advertisement

रसियाले देशभर आक्रमणलाई तीव्र पारिरहेका बेला कुलेबाले राजीनामा दिएको अन्तर्राष्ट्रय सञ्चारमाध्यमले जनाएका छन् ।

रुससँगको लडाइँका क्रममा कुलेबा राष्ट्रपति जेलेन्स्कीका प्रमुख सहयोगी थिए । खासगरी उनले अन्तर्राष्ट्रिय समुदायसँग गरेको सहकार्यको प्रसंशा गरिएको थियो ।

युक्रेनी सञ्चारमाध्यमले सरकारका अन्य महत्वपूर्ण पदमा पनि यो साता परिवर्तन हुने उल्लेख गरेका छन् । राजीनामा दिने अन्यमा उद्योगमन्त्री ओलेकसान्डर कामिसिन पनि छन् ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad