प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिताः अर्बिन र सन्जोक समूह प्रथम
बुटवल।लाफा समूह बुटवलले आयोजना गरेको ७ औं प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगितामा लाफा समूहका खेलाडी अर्बिन श्रीपाली र सन्जोक थापाको जोडी प्रथम हुन सफल भएको छ । दुईदिनसम्म चलेको खेलमा गुल्मीका खेलाडी सुमन बुचार, कृष्ण रहाडी मगरको टिमलाई १९–२१, २१–१२, २१– ७ बनाउँदै अर्बिन र सन्जोकको समूह विजयी भएको हो ।
बिजेता टिमले नगद ३५ हजार सिल प्रमाणपत्रले सम्मान गरिएको थियो भने उपबिजेता हुन सफल गुल्मीको टिमले नगद २० हजार सिल प्रमाणपत्र हात पारेको हुन ।
४५ बर्ष माथिका भेट्रान्सतर्फ तिलोत्तमा ब्याडमिन्टल क्लबका खेलाडी थम्मन सारु र सुरज गुरुड्डको समुह बिजयी भएको हो । सोझो सेटमा बुटबल ब्याडमिन्टन क्लबलाई हराउँदै तिलोत्तमा बिजयी भएको हो ।
खेलमा २१–२०, २१–१३ बनाउदै तिलोत्तमा ब्याडमिन्टन क्लब नगद ३० हजार, सिल्ड र प्रमाण पत्र हात पारेको छ, भने उपबिजेता हुन सफल बुटवल ब्याडमिन्टन क्लबले नगद २० हजार सिल प्रमाण पत्र हात पारेको छ ।
यस्तै सान्त्व्वना हुन सफल लाफा समूहका खेलाडी बबिन थापा गुरन र गाहा नगद १० हजार सहित कप मेडलले प्राप्त गरेका थिए । फिटएन फाईनका खेलाडी पुरन राना र श्याम मल्ल नगद १० हजार कप मेडल प्रमाणपत्र प्राप्त गर्ने सफल भएको लाफा समूह बुटवलका उपाध्यक्ष ज्ञानु थापाले बताए ।
समापन कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँणले मानिसको जिवनमा खेलकुदको ठूलो महत्व रहेको भन्दै खेलकुद क्षेत्रमा लागेका खेलाडीहरूले आफ्नो स्वास्थ्य सँगै देशको समेत पहिचान गराउन ठूलो भूमिका रहने बताए ।
बिश्वभरि ब्याडमिन्टन खेलको महत्व रहेको भन्दै पछिल्लो समय नेपालमा समेत यो खेलमा धेरैको रुचिको बिषय बनेको बताए । तिलोतमा नगरलाई खेलकुद मैत्रिबनाउन हरेक खेलक्षेत्रलाई सक्दो सहयोग गदैआएको भन्दै लाफा समुहले तिलोत्तमा नगरभित्र प्रतियोगिता गरेरकोमा धन्यवाद दिँदै आगामी दिनमा लाफाले तिलोत्तमामा गर्ने प्रतियोगितामा सक्दो सहयोग गर्ने बताए ।
बुटवल उपमहानगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष यज्ञ प्रसाद पंगेनी तिलोत्तमा, नगरपालिका ३ का वडा अध्यक्ष कल्याण पौडेलले खेलकुद क्षेत्रले युवाहरूलाई अनुसाशित र लगनशील बनाउने बताए । लाफा समूहका अध्यक्ष बबिन थापाले छोटो समयमा प्रतियोगिता सम्पन गर्न सफल भएकोमा सहयोगी सबैलाई धन्यवाद दिएका थिए । प्रतियोगितामा ९० समूहको सहभागीता रहेको थियो ।