Advertisement
विज्ञापन

नेपाल बिद्यार्थी संघ अर्घाखाँची- रुपन्देही सम्पर्क समितिको संयाेजकमा पाण्डे अधिवेशन असोज १२ गते



Advertisement
विज्ञापन

 

शनिबार भाद्र ०८ बुटवल      नेपाली  काङ्ग्रेसको विद्यार्थी भातृ संगठन नेपाल विद्यार्थी संघका अर्घाखाँची रुपन्देही सँग सम्बन्धित बिद्यार्थीहरुको भेलाले नेपाल बिद्यार्थी संघ अर्घाखाँची- रुपन्देही सम्पर्क समितिको अधिवेशन असोज १२ गते गर्ने गरि रमेश पाण्डे लाई संयोजक तोकेको छ । शनिबार बुटवलमा बसेको विद्यार्थी भेलाले लामो समय सम्म विविध कारणले अधिवेशन हुन नसकेको सम्पर्क समितीलाई नयाँ नेतृत्व दिनका लागि भेला राखिएको सम्पर्क समिति सभापति ठाकुर घिमिरेले बताए ।


Advertisement
Advertisement
Advertisement

असोज १२ गते शनिवार अधिवेशन गर्नेगरी सम्पर्क समितिका अध्यक्ष रमेश पाण्डे (वशिष्ठ) लाई संयोजक, नारायण घिमिरे (भावुक), उमेश पछाइ, राकेश पाण्डे, हरि घिमिरे, किशोर खनाल र संदिप पुन मगर लाई सदस्य तोक्दै अधिवेशन समिती गठन भएको हो । ३५ दिन भित्र अधिवेशन गर्ने गरि सुम्पिएको जिम्मेवारी प्रती आफू बफादार बनेर तोकिएको समयमा अधिवेशन सम्पन्न गर्ने संयोजक पाण्डेले प्रतिबद्धता जनाएका छन् ।

नेपाल बिद्यार्थी संघ अर्घाखाँची-रुपन्देही सम्पर्क समितीका अध्यक्ष ठाकुर घिमिरेको अध्यक्षतामा सुरु भएको भेलामा ने.बि.संघ पुर्व केन्द्रिय सदस्य टंक पाण्डे, ने.बि.संघ केन्द्रिय सदस्य प्रदिप घर्ती मगर, ने.बि.संघ केन्द्रिय सदस्य बिकास पाण्डे, ने.बि.संघ अर्घाखाँची जिल्ला अध्यक्ष कृष्ण भुषाल, नेपाल प्रेस युनियन केन्द्रिय लेखा समिति सदस्य घनश्याम पौडेल विद्यार्थी नेताहरू ॐहरी आचार्य, ऋषि पन्थी, विश्वमणी भुषाल,नारायण घिमिरे भावुक, रमेश श्रेष्ठ, कृष्ण खनाल, विष्णु के.सि. लगायतका विद्यार्थी नेताहरुको उपस्थिति रहेको थियो

 

 

 

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad