Advertisement
विज्ञापन

टी–२० विश्वकपमा सुरूवाती ३ संस्करणको छनोट खेल्न पाएन नेपाल



Advertisement
विज्ञापन

काठमाडौँ।आइसिसी टी-२० विश्वकपको सुरूवाती तीन संस्करणका लागि नेपालले छनोट खेल्ने अवसर नै पाउन सकेन। सन् २००७ को टी-२० विश्वकपका लागि आइसिसीले छनोट प्रतियोगिता नै आयोजना गरेन। सन् २००७ को आइसिसी विश्व क्रिकेट लिग डिभिजन-१ का फाइनल पुगेका केन्या र स्कटल्यान्डलाई आइसिसीले विश्वकपमा सिधा स्थान दिएको थियो।

सन् २००९ को विश्वकपमा एसियाका एसोसिएट देशले छनोट खेल्ने नै अवसर पाउन सकेनन्। आइसिसीले एसोसिएट स्तरमा उच्च श्रेणीमा रहेका ६ टोलीलाई छनोट खेलाएको थियो। फाइनल वर्षाले रद्द हुँदा नेदरल्यान्ड्स र आयरल्यान्ड संयुक्त विजेता भएका थिए। जिम्बावेले प्रतियोगिता नखेल्न भएपछि तेस्रो भएको स्कटल्यान्ड पनि विश्वकपमा पुगेको थियो।


Advertisement
Advertisement
Advertisement

सन् २०१० मा  पनि नेपालले छनोट खेल्ने अवसर प्राप्त गर्न सकेन। एसियाबाट अफगानिस्तानले छनोटका लागि अवसर पाएको थियो। पहिलो छनोटमै अफगानिस्तानले तहल्का मच्चाएको थियो। युएईमा भएको छनोटमा च्याम्पियन बन्दै अफगानिस्तान सन् २०१० मा इंग्ल्यान्डमा भएको विश्वकपका लागि छनोट भएको थियो। अफागनिस्तानसँग फाइनलमा पराजित भएको आयरल्यान्ड पनि  विश्वकपमा पुगेको थियो।

नेपालले सन् २०१२ मा वेस्ट इन्डिजमा भएको टी-२० विश्वकप छनोट खेल्ने अवसर पायो। यो नेपालले टी-२० विश्वकपका लागि विश्व छनोट खेलेको पहिलो प्रतियोगिता हो। नेपाल एसिसी टी-२० प्रतियोगितामा शीर्ष चारमा परेसँगै छनोटमा पुगेको थियो। युएईमा भएको विश्व छनोट खेलेको नेपाल सातौं भएको थियो। सो प्रतियोगितामा शक्ति गौचनले डेनमार्कविरुद्धको खेलमा ह्याट्रिक गरेका थिए।

नेपालले सन् २०१४ का लागि भएको विश्वकप छनोटमा उत्कृष्ट खेलेको थियो। जहाँ नेपाल तेस्रो हुँदै सन् २०१४ को टी-२० विश्वकप पुगेको थियो।  समूहमा तेस्रो हुँदै नेपाल प्लेअफमा पुगेको थियो। प्लेअफको पहिलो खेलमा हङकङलाई पराजित गर्दै नेपाल विश्वकपमा पुगेको थियो। सेमिफाइनलमा अफगानिस्तानसँग पराजित भए पनि नेपालले तेस्रो स्थानको खेलमा युएईलाई पराजित गरेको थियो।

सन् २०१६ को विश्वकप छनोटमा भने नेपालको प्रदर्शन राम्रो हुन सकेन। आयरल्यान्ड र स्कटल्यान्डमा भएको प्रतियोगितामा समूहको पुछारमा रहँदै बाहिरिएको थियो।सन् २०२१ मा युएईमा भएको विश्वकपका लागि २०१९ मा सिंगापुरमा एसिया छनोट खेल भएको थियो। जहाँ नेपालले खराव प्रदर्शन गर्दा सन् २०१२ पछि विश्व छनोट खेल्ने अवसर गुमाएको थियो।

सन् २०२२ मा अस्ट्रेलियामा भएको विश्वकपको छनोटमा पनि नेपाल सफल भएन। ओमानमा भएको छनोटमा नेपालले समूह चरणमा सहज जित हात पार्दै सेमिफाइनलमा स्थान बनाएको थियो। तर सेमिफाइनलमा जिते हात पारे विश्वकपमा पुग्ने खेलमा भने नेपाल असफल भयो। ओमानमा भएको सेमिफाइनलमा नेपाल युएईसँग ६८ रनले पराजित हुँदा ८ वर्षपछि विश्वकप खेल्ने सपना चकनाचुर भएको थियो।

नेपालले सन् २०२४ को विश्वकपमा छनोट हुन नेपाल चार टोली सम्मिलित समूहमा सुरूमा शीर्ष दुईमा पर्‍यो। घरेलु मैदानमा भएको सेमिफाइनलमा युएईलाई पराजित गर्दै नेपाल विश्वकपमा छनोट भयो। यससँगै नेपालले १० वर्षमा दोस्रो पटक विश्वकप खेल्न लागेको हो।

यसपटक अमेरिका र वेस्ट इन्डिजले आइसिसी टी-२० विश्वकप २०२४ संयुक्तरूपमा आयोजना गर्दैछन्। पहिलो पटक उत्तर अमेरिका क्षेत्रमा हुन लागेको टी-२० विश्वकपमा २० टोलीले सहभागिता जाउँदैछन्।  टी-२० विश्वकप २०२४ मा नेपाल समूह ‘डी’ मा छ। समूहमा नेपालले दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्नेछ।

नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग जुन ४ मा अमेरिकाको डालास र जुन ११ मा श्रीलंकासँग अमेरिकाकै फ्लोरिडामा प्रतिस्पर्धा गर्नेछ। बाँकी खेल जुन १४ मा दक्षिण अफ्रिकासँग र जुन १६ मा हुने बंगलादेशसँग सेन्ट भिसेन्टमा हुनेछ।

विश्वकपमा ५५ खेल हुनेछन्। सुरूमा २० टोलीलाई ५-५ टिमको ४ समूहमा विभाजन गरिएको हो। चार समूहका शीर्ष २-२ टोली गरी कुल ८ टोली सुपर-८ मा पुग्नेछन्। सुपर-८ मा पनि दुई समूहमा प्रतिस्पर्धा हुनेछन्। सुपर-२ को दुई समूहका शीर्ष २-२ टोली सेमिफाइनलमा पुग्नेछन्।

समूह ए :  भारत, पाकिस्तान, अमेरिका, क्यानडा, आयरल्यान्ड
समूह बी : इंग्ल्यान्ड, अस्ट्रेलिया, नामिबिया, स्कटल्यान्ड, ओमान
समूह सी : न्युजिल्यान्ड, वेस्ट इन्डिज, अफगानिस्तान, युगान्डा, पपुवा न्युगिनी
समूह डी :  दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश, नेदरल्यान्ड्स, नेपाल



Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad