Advertisement
विज्ञापन

विश्वकपअघि नेपालले अमेरिका र क्यानडासँग टी–२० अभ्यास खेल खेल्ने



Advertisement
विज्ञापन

काठमाडौं । आईसीसी टी–२० विश्वकपअघि नेपालले दुई एसोसिएट राष्ट्र अमेरिका र क्यानडासँग अभ्यास खेल खेल्ने भएको छ ।विश्वकपअघि आईसीसीले प्रदान गर्ने दुई अभ्यास खेल तय गरिएको हो । आईसीसी पुरुष टी’२० विश्वकप २०२४ को अभ्यास खेल २७ मे र १ जुनको बीचमा खेलाइनेछ।

सोमबार, २७ मे देखि शनिबार, १ जुन सम्म संयुक्त राज्य अमेरिका र ट्रिनिडाड र टोबागोमा तय गरिएको छ।त्यसअन्तर्गत नेपालले २७ मे मा क्यानडा र ३० मेमा अमेरिकासँग डालासमा ९अभ्यास०वार्मअप खेल खेल्नेछ ।


Advertisement
Advertisement
Advertisement

अभ्यास खेलहरू आयोजना गर्ने स्थानहरूमा टेक्सासको ग्रान्ड प्रेरी क्रिकेट स्टेडियम, फ्लोरिडाको ब्रोवार्ड काउन्टी स्टेडियम, क्वीन्स पार्क ओभल र ट्रिनिडाड र टोबागोको ब्रायन लारा क्रिकेट एकेडेमी समावेश छन्।दक्षिण अफ्रिकासहित कुल १७ टोलीले वार्मअप खेल खेल्दैछन्, जसले २९ गते फ्लोरिडामा इंट्रा–स्क्वाड खेल्दैछन्।

आईसीसी टी–२० विश्वकप क्रिकेट आगामी जुन १ देखि २९ सम्म वेष्टइण्डिज र अमेरिकामा आयोजना हुँदैछ । टी–२० विश्वकपमा नेपालसहित २० टोली सहभागी छन् । चार समूहमा ५–५ टोली छन् । हरेक समूहका शीर्ष दुई टोली सुपर–८ मा पुग्नेछन् ।समूह डी मा नेपाल, बंगलादेश, नेदरल्याण्ड्स, दक्षिण अफ्रिका र श्रीलंका छन् । नेपालले पहिलो खेल ४ जुनमा नेदरल्यान्ड्ससँग खेल्नेछ ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad