Advertisement
विज्ञापन

प्रतिनिधि सभाको बैठक ४ बजेलाई सर्‍यो



Advertisement
विज्ञापन

काठमाडौं ।प्रतिनिधि सभाको बैठक अपराह्न ४ बजेका लागि सारिएको छ । आजको बैठक बिहान ११ बजे बस्ने तय भएको थियो ।

तर प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससँग सहमतिको प्रयास भइरहेकाले प्रतिनिधि सभाको बैठक अपराह्न चार बजेका लागि सारिएको संसद सचिवालयले जनाएको छ।


Advertisement
Advertisement
Advertisement

सहकारी संस्थाको रकम अपचलनमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने माग नेपाली कांग्रेसले राख्दै आएको छ ।

कांग्रेसको यही अडानका कारण संसदको गतिरोध अन्त्य हुन सकेको छैन । संघीय संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका राष्ट्रपतिलाई धन्यवाद ज्ञापन गर्ने प्रस्ताव समेत कांग्रेसको अवरोधका कारण पारित हुन सकेको थिएन ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad