Advertisement
विज्ञापन

सभामुखले प्रधानमन्त्रीसहित शीर्ष नेतासँग छलफल गर्दै



Advertisement
विज्ञापन

काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले प्रधानमन्त्री प्रचण्डसहित प्रमुख चार दलका शीर्ष नेताहरूसँग छलफल गर्दै छन् ।संसदमा सांसदहरूले उठाएका विषयमा छलफल गर्न सभामुख घिमिरेले प्रधानमन्त्रीसहित शीर्ष नेताहरूसँग छलफल गर्न लागेका हुन् ।

बैठक बिहान साढे १० बजे सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा बस्नेछ ।पछिल्लो समय नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेको सहकारीमा संलग्नताको विषयमा संसदीय छानबिन समिति गठनको माग गरेको छ ।


Advertisement
Advertisement
Advertisement

कांग्रेसले समिति गठन नभए आगामी बैठक चल्न नदिने चेतावनी दिएपछि सभामुखले शीर्ष नेताहरूसँग छलफल गर्न लागेका हुन् ।प्रतिनिधि सभा बैठक मंगलबार बस्दैछ ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad