Advertisement
विज्ञापन

आईसीसी टी–२० क्रिकेटमा नेपाल र आयरल्यान्ड भिड्दै



Advertisement
विज्ञापन

काठमाडौँ ।आईसीसी टी–२० विश्वकपको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज सोमबार आयरल्यान्ड वुल्भ्ससँग खेल्दैछ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल सोमबार दिउँसो १ बजे सुरु हुनेछ।नेपाल भ्रमणमा रहेको आयरल्यान्डसँगको दुई टी–२० खेलपछि नेपाली टोलीले भारतमा हुने फ्रेन्डशिप कप खेल्नेछ।

खेलका लागि नेपाल क्रिकेट संघ (क्यान) ले यसअघि नै १५ सदस्यीय टोलीको घोषणा गरिसकेको छ। मुख्य प्रशिक्षक मोन्टी देसाईले हङकङमा त्रिकोणात्मक सिरिज खेलेका् टोलीबाट ५ खेलाडी परिवर्तन गरेका छन्।


Advertisement
Advertisement

अघिल्लो टोलीबाट आरिफ शेख, सागर ढकाल, लोकेश बम विनोद भण्डारी र राशिद खान टोलीबाट बाहिर छन्। अनिल शाह, कुशल मल्ल, ललित राजवंशी, दीपेन्द्र सिंह ऐरी र आशिफ शेख टोलीमा फर्किएका हुन्।

भारतमा हुने फ्रेन्डसिप कपअघि नेपालले आयरल्याण्डसँग घरेलु मैदानमा दुई टी–२० खेल्नेछ। लगत्तै नेपाली टोली बरोदा र गुजरात सम्मिलित त्रिकोणात्मक फ्रेन्डशिप कप खेलका लागि गुजरातको वापी पुग्नेछ।नेपालले १८ गते गुजरात र २० मा बरोडा सँग खेल्नेछ। यस्तै २१ गते  पुनः गुजरात र २३ गते  बारोडाविरुद्ध खेल्नेछ।। फाइनल खेल २५ मा हुनेछ।

नेपाली टोली
रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दिप जोरा, अनिल शाह, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जिसी, अभिनाश बोहरा र आकाश चन्द।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Ads will close in 8 seconds
Skip Ad