Advertisement
विज्ञापन

राष्ट्रिय योजना आयोगमा ४ सदस्य नियुक्त



Advertisement
विज्ञापन

काठमाडौं। सरकारले राष्ट्रिय योजना आयोगमा ४ जना सदस्य नियुक्त गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद्‍ बैठकले ४ जना सदस्य नियुक्त गरेको हो। मन्त्रिपरिषद् बैठकले काठमाडौंकी प्रा. संगीता सिंह, जुम्लाका डा. कुशरेन्द्रबहादुर महत, पाल्पाका प्रा. शिवराज अधिकारी र ललितपुरका डा. अरनिको पाण्डेलाई आयोग सदस्यमा नियुक्त गर्ने निर्णय गरेको हो।

यसअघि आयोगका ४ जना सदस्यले राजीनामा दिएका थिए। राजनीतिक दलहरुको भागबण्डाबाट नियुक्त हुने सदस्यहरुमा यसअघि नेपाली कांग्रेस र जनमत पार्टी निकट थिए। सत्ता समीकरण बदलिएसँगै उनीहरुले राजीनामा दिएपछि सरकारले बिहीबार अरनिको पाण्डेलाई रास्वपा कोटाबाट र अन्य तीन जनालाई एमाले कोटाबाट नियुक्त गरिएको हो।


Advertisement
Advertisement
Advertisement



Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad