Advertisement
विज्ञापन

फिफा विश्वकप छनोटमा नेपाल आज बहराइनसँग खेल्दै



Advertisement
विज्ञापन

काठमाडौं । फिफा विश्वकप–२०२६ छनोटको दोस्रो चरणमा नेपाली राष्ट्रिय टिमले आज बहराइनसँग खेल्दै छ । पहिलो चरणमा लाओसलाई १–० ले हराउँदै दोस्रो चरणमा स्थान बनाएको नेपालले आज बहराइनविरुद्ध खेल्न लागेको हो ।

बहराइनलसँगको पहिलो लेग दशरथ रंगशालामा हुने तालिका थियो । तर, रंगशालाको स्तर खेल्नलायक नभएपछि दुवै लेग बहराइनमा हुने भएको हो । नेपाल समूह ‘एच’ मा छ ।तालिकाको पुछारमा रहेको नेपाल अंकविहीन छ । यो समूहमा नेपालसँगै बहराइन, यमन र युनाइटेड अरब इमिरेट्स छन् ।


Advertisement
Advertisement
Advertisement

नेपालले यसअघि पहिलो खेलमा यूएईसँग ४–० को र दोस्रो खेलमा यमनसँग २–० को हार व्यहोरेको थियो । बहराइनले पनि यसअघि दुई खेल खेल्दा एकमा जित र अर्कोमा हार बेहोरेको छ ।तीन अंकसहित तालिकाको दोस्रो स्थानमा रहेको बहराइनले यसअघि यूएईसँग २–० को हार व्यहोर्दा दोस्रो खेलमा यमनलाई २–० ले हराएको थियो ।



Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad