Advertisement
विज्ञापन

राष्ट्रिय सभा विषयगत समिति सभापतिको निर्वाचन स्थगित



Advertisement
विज्ञापन

काठमाडौं । राष्ट्रिय सभा विषयगत समिति सभापतिको निर्वाचन स्थगित भएको छ ।आइतबार तय भएको निर्वाचन प्रतिनिधि सभा सदस्य मञ्जु शर्मा अन्सारीको निधन भएपछि स्थगित हुन पुगेको राष्ट्रिय सभाका सचिव डा.सुरेन्द्र अर्यालले जानकारी गराएका हुन् ।

बहालवाला सदस्यको निधनमा संघीय संसद्का सभा तथा समितिका कामकारबाही स्थगित गर्ने संसदीय अभ्यास रहेकाले समिति सभापतिको निर्वाचन स्थगित गरिएको सचिव अर्यालद्वारा जारी गरिएको सूचनामा उल्लेख छ।


Advertisement
Advertisement

दिगो विकास तथा सुशासन समितिको सभापति र राष्ट्रिय सरोकार तथा समन्वय समिति नेतृत्वविहीन छन् । दुवै समितिको सभापतिका लागि शनिबार मनोनयन दर्ताको समय तोकिएको थियो भने आइतबार निर्वाचनको समय तय भएको थियो ।

दिगो विकास तथा सुशासन समितिको सभापति पदमा नेपाली कांग्रेसकी कमला पन्त र राष्ट्रिय सरोकार तथा समन्वय समितिको सभापतिमा एमालेका सोनाम ग्याल्जेन शेर्पाको मात्र उम्मेदवारी परेको छ ।एकल उम्मेदवारी परेकाले दुवै सर्वसम्मत सभापति चयन हुँदैछन् । स्थगित भएको निर्वाचन सोमबार हुनेछ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement