Advertisement
विज्ञापन

वर्षमा दुई पटक आईपीएल गराउने बीसीसीआईको योजना



Advertisement
विज्ञापन

 

फाल्गुन २८, साेमबार  भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले एकै वर्ष दुईवटा इन्डियन प्रिमियर लिग (आईपीएल) गराउने तयारी थालेको छ । हालसम्म प्रत्येक वर्ष एकपटक आईपीएल आयोजना हुँदै आएको छ ।


Advertisement
Advertisement
Advertisement

आईपीएलको १७ औँ संस्करण यही मार्च २२ तारिखमा सुरु हुने बताइएको छ । १७औँ संस्करणको पहिलो खेल चेन्नई सुपर किङ्स र रोयल च्यालेन्जर्स बैंगलोरबिच हुनेछ ।

भारतीय सञ्चारमाध्यमका अनुसार, निकट भविष्यमा नै बीसीसीआईले वर्षमा दुईपटक आईपीएल खेलाउने तयारी गरिरहेको छ । यसअघि भारतीय टोलीका पूर्वप्रशिक्षक रवि शास्त्रीले पनि वर्षमा दुईपटक आईपीएल आयोजना गरिनु पर्ने धारणा राख्दै आएका थिए ।

वर्षमा दुईवटा आईपीएल गराउन सबैभन्दा पहिले बीसीसीआईले अन्तर्राष्ट्रिय प्रतियोगिता नभएको रिक्त समय खोज्नुपर्ने हुन्छ । बीसीआईका लागि यो नै सबैभन्दा चुनौतीको विषय बनेको छ ।

यसका अतिरिक्त वर्षमा दुईपटक आयोजना गरिने आईपीएलमध्ये एउटा २० ओभरको र अर्को १० ओभरको गराउने विषयमा पनि कुराकानी चलिरहेको समाचारमा जनाइएको छ । यस विषयमा अझै छलफल जारी रहेको बताइएको छ

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad