सत्ता गठबन्धनका ४ दलबीच मन्त्रालय बाँडफाँट
काठमाडौँ । नयाँ सत्ता गठबन्धनका चार दलबीच मन्त्रालय बाँडफाँट भएको छ ।बिहान बालुवाटारमा बसेको गठबन्धनको कार्यदलले मन्त्रालय भागबण्डा गरेको हो।
जस अनुसार नेकपा एमालेलाई ८, नेकपा माओवादी केन्द्रलाई ५, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई ४ र जनता समाजवादी पार्टी (जसपा)लाई २ मन्त्रालय राख्ने सहमति जुटेको स्रोतले जनाएको छ ।
बाँकी चार मन्त्रालय भने नेकपा एकीकृत समाजवादीलगायत गठबन्धनमा थपिनसक्ने दलका लागि बाँकी राखिएकोछ । मन्त्रालयको संख्यामा सहमति भए पनि मन्त्रालय टुंगिएको छैन ।