राष्ट्रियसभाको बैठक पनि स्थगित
२३०३
काठमाडौं ।आजका लागि निर्धारित राष्ट्रियसभाको बैठक स्थगित भएको छ। आज दिउँसो १ः१७ बजे बस्ने गरी निर्धारण गरिएको बैठक विशेष कारणबस स्थगित भएको संघीय संसद् सचिवालयले जनाएको छ।
राष्ट्रियसभाको आगामी बैठक यही फागुन २४ गते बिहीबार अपराह्न १ः१७ बजे बस्ने छ।आजै बस्ने भनिएकाे प्रतिनिधिसभाकाे बैठक पनि स्थगित भएकाे छ। प्रतिनिधिसभाकाे बैठक २४ गतेसम्मका लागि स्थगित भएको हो।




