Advertisement
विज्ञापन

नामिबियाविरुद्ध खेलमा टस हारेर ब्याटिङ गर्दै नेपाल



Advertisement
विज्ञापन

काठमाडौं । नेपालले त्रिकोणात्मक टी-२० आई सिरिजअन्तर्गत आफ्नो तेस्रो खेलमा नामिबियासँग खेल्दैछ ।  टीयु क्रिकेट मैदानमा भएको टसमा नामिबियाका कप्तान जेजे स्मिथले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएपछि नेपालले ब्याटिङको निम्तो पाएको हो ।नेपालले आजको खेलमा तीन परिवर्तन गरेको छ । आरिफ शेख, अभिनाश बोहरा र अनिल शाह आज टोलीमा छन् । ललित राजवंशी, कुशल भुर्तेल र सन्दीप जोरा बाहिर छन् ।

नामिबियाले पहिलो खेलमा नेपाललाई २० रनले हराएको थियो । नामिबियाले दिएको २०७ रनको विजयी लक्ष्य पछ्याएको नेपाल १८६ रनमा अल आउट भएको थियो ।नेपाल शीर्ष दुईमा रहँदै फाइनल खेल्ने सम्भावना कायमै राख्न आजको खेलमा जित आवश्यक छ । आजको खेलमा पराजित भएमा नेपाल औपचारिक रुपमै फाइनल दौडबाट बाहिरिनेछ ।


Advertisement
Advertisement
Advertisement

नेपालको प्लेइङ ११

अनिल शाह, आसिफ शेख, रोहित पौडेल(कप्तान), कुशल मल्ल, प्रतिश जिसी, आरिफ शेख, सोमपाल कामी, करण केसी, अभिनाश बोहरा, गुलशन झा र दीपेन्द्रसिंह ऐरी ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad