महिला क्रिकेटरको नयाँ ग्रेडिङ
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले महिला क्रिकेटरको ग्रेडिङ गर्दै नयाँ तलब निर्धारण गरेको छ ।क्यानको सोमबार बसेको बैठकले १९ जना महिला क्रिकेटरलाई सेन्ट्रल कन्ट्र्याक्टमा राख्ने निर्णय गरेको छ ।
यसअनुसार ग्रेड एमा कप्तान इन्दु बर्मासँगै रुबिना क्षेत्री र सीता राना मगर छन् । ग्रेड बीमा कबिता कुँवर मात्र छिन् भने सी ग्रेडमा पूजा महतो र अश्मिना कर्माचार्य र ग्रेड डीमा अप्सरी बेगम, कविता जोशी, संगीता राई, काजोल श्रेष्ठ र बिन्दु रावल परेकी छन् ।
क्यानका अनुसार ग्रेड एमा पर्ने महिला क्रिकेटरले मासिक ५० हजार रुपैयाँ तलब पाउने छिन् भने बी ले ३५ हजार, सीले ३० हजार, डीले २५ हजार र इमर्जिङ क्याटगरीमा परेका क्रिकेटरले मासिक २० हजार तलब पाउने छन् ।