जनप्रतिनिधि र कर्मचारी बिच भएको मैत्रीपुर्ण क्रिकेट प्रतियोगितामा कर्मचारी टिमको जित
तिलोत्तमा।रुपन्देहीको तिलोत्तमा नगरपालिका अन्तरगतका जनप्रतिनिधि र कर्मचारी बिच भएको मैत्रीपुर्ण क्रिकेट प्रतियोगितामा कर्मचारीको टिम विजयी भएको छ । दोस्रो संस्करणको तिलोत्तमा नगरपालिका वडास्तरीय तिलोत्तमा कप क्रिकेट प्रतियोगिताको अवसरमा शनिबार मैत्रीपुर्ण खेल राखिएको हो । आईतबार हुने वडा नम्बर २ र ६ को फाइनल खेलको पुर्वसन्ध्यामा सो मैत्रीपूर्ण खेल राखिएको नवजिबन खेल मैदान रहेको तिलोत्तमा वडा नम्बर.६ वडा अध्यक्ष गणेश पाठकले बताए।
तिलोत्तमा कप क्रिकेट प्रतियोगिताको अवसरमा आयोजित मैत्रीपूर्ण क्रिकेटमा जनप्रतिनिधिलाई ३६ रनले पराजित गर्दै कर्मचारीको टिम विजेता भएको हो । नवजिबन खेलमैदानमा सम्पन्न टि(२० खेलमा २३८ रनको टार्गेट दिएको कर्मचारीको टिमले जनप्रतिनिधिलाई २०२ रनमै सिमित गराएको थियो।
खेलमा कर्मचारीको तर्फबाट अनिल न्यौपानेले अभिजित ९२ रन जोडेका थिए भने जनप्रतिनिधिको तर्फबाट वडा अध्यक्ष समेत रहेका गणेश पाठकले हाल्फ़ सेन्चुरी कटाएका थिए। खेलमा म्यान अफ द म्याच स्वास्थ्य शाखामा कार्यरत कर्मचारीको टिमका रहेका अनिल न्यौपाने बने। क्लबका उपाध्यक्ष सागर पाठक र कृष्ण भुर्तेलको अम्पायरिंगमा खेल सम्पन्न भएको थियो।
खेलमा जनप्रतिनिधिको तर्फबाट नगर प्रमुख रामकृष्ण खाण, उपप्रमुख जगेश्वरदेवी चौधरी, सबै वडाका वडा अध्यक्षहरु , कार्यपालिका सदस्य, वडा सदस्यहरुको उपस्थितिमा वडा नम्बर(७ का अध्यक्ष देवीलाल पंगेनीले कप्तानी गरेका थिए। युवासंग खेल र खेलाडी उत्पादनका लागि वडा स्तरिय क्रिकेटको आयोजना गरिएको र सो खेलमैदान एबम खेल सम्बन्धी जानकारी दिन मैत्रीपूर्ण खेलको आयोजना गरिएको नवजिबन क्लबका अध्यक्ष केशव भुसालले बताए।
तिलोत्तमा कप क्रिकेटको फाइनलमा वडा नंं २ र ६ भिड्ने
तिलोत्तमा कप क्रिकेटको फाइनलमा वडा नंं २ र ६ भिड्ने भएका छन् । नव जीवन क्लबको खेल मैदानमा शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा वडा नं ४ लाई ५ विकेटले हराउंदै वडा नं ६ फाइनलमा पुगेको थियो भने दोस्रो सेमिफाइनलमा वडा नं १७ लाई १६ रनले हराउंदै वडा नं २ फाइनलमा पुगेको प्रतियोगिताका संयोजक एवं आयोजक नवजीवन क्लबका उपाध्यक्ष सागर पाठकले बताए । फाल्गुण १३ गते आइतबार हुने फाइनल खेलमा वडा नंं २ र ६ भिड्ने भएसंगै खेल निकै रोमाञ्चक हुने पक्का छ।
नवजीवन क्लब र तिलोत्तमा नगरपालिका आयोजक तथा नगरपालिकाकै आर्थिक सहयोगमा प्रतियोगिता भएको हो। प्रतियोगितामा प्रथम हुनेले ५० हजार,दोस्रोले २५ हजार,प्लेयर अफ द सिरिजले १० हजार तथा बेस्ट बलर र बेस्ट ब्याट्स म्यानले ५ हजारका दरले पुरस्कार पाउने क्लबका अध्यक्ष केशव भुसालले बताए ।