नेपालले नामिबियालाई दियो १६९ रनको सामान्य लक्ष्य
२१६२
काठमाडौं।विश्वकप लिग-२ क्रिकेटअन्तर्गत नामिबियाविरुद्ध भिडिरहेको नेपालले एक सय ६९ रनको लक्ष्य दिएको छ।त्रिवि क्रिकेट मैदानमा टस हारेपछि ब्याटिङको जिम्मा पाएको नेपालले ३७.१ ओभरमा सबै विकेट गुमाएर एक सय ६८ रन जोड्यो।
नेपालका लागि आसिफ शेख ५८, कुशल मल्ल ३६,भीम सार्कीले २६ , कुशल भुर्तेल १८ र करण केसीले १२ रन जोडेर आउट भए। दीपेन्द्रसिंह ऐरीले ६ र सोमपाल कामीले ४ रन बनाए। रोहित पौडेल, देव खनाल र अनिल शाहले खाता खोल्न सकेनन्।
४३ रनमा ३ विकेट गुमाएको अवस्थामा आसिफले कुशल मल्लसँग ५७ रनको साझेदारी गरेका थिए। नेपालले एक सय रन जोड्दा चौथो विकेटका रुपमा आसिफ आउट भएका थिए। त्यसपछि नेपालले कुनै पनि विकेटका लागि गतिलो साझेदारी गर्न सकेन।
नेपाल ५ रनको अन्तरमा सुरुका तीन विकेट गुमाएको थियो। त्यसअघि पहिलो विकेटका लागि ३८ रनको साझेदारी भएको थियो। नामिबियाका बर्नार्ड स्कोल्ट्ज र जान निकोल लफ्टी इटनले ४र४ विकेट लिए।