Advertisement
विज्ञापन

कुवेतविरुद्धको खेल जित्न नेपालले पायो ७४ रनको लक्ष्य



Advertisement
विज्ञापन

काठमाडौँ ।मलेसियामा जारी एसीसी महिला प्रिमियर कपमा नेपाली बलर सीता राना मगरले कुवेतविरुद्ध ह्याट्रिक गरेकी छन्। क्वार्टरफाइनल अन्तर्गत अहिले भइरहेको खेलमा सीताले लगातार तीन बलमा कुवेतको तीन विकेट लिएकी हुन्।

११ औं ओभरमा आफ्नो पहिलो ओभर बलिङ गरेकी सीताले ४ रन खर्चिए पनि विकेट हात पार्न सकिनन्। तर १३ औं ओभरमा उनी तीन विकेट लिन सफल भएकी हुन्।


Advertisement
Advertisement

आफ्नो दोस्रो ओभरको पहिलो बलमा १ रन खर्चिएकी सीताले दोस्रो बलमा कुवेतकी प्रियदा मुरलीलाई २९ रनमा एलबीडब्लु धरापमा पारिन्। मुरलीले ३३ बल खेल्दै कुवेतका लागि सर्वाधिक २९ रन बनाएकी थिइन्। मुरली आउट भएपछि आएकी मार्याम ओमार पहिलो बलमै आउट भइन्।

मुरलीपछि आएकी अम्ना तारिकलाई पनि एलबीडब्लु धरापमा पार्दा सिताले ह्याट्रिक गर्न सफल भइन्। त्यसपछिको पाँचौं बलमा कुनै रन नखर्चिएकी सीताले अन्तिम बलमा एक रन दिइन्।

२ ओभर बलिङ गरेकी सीताले ६ रन खर्चिएर तीन विकेट लिइन्। टस जितेर पहिले ब्याटिङ गरिरहेको कुवेतले १८ औं ओभरको खेल चलिरहँदा ७ विकेटको क्षतिमा ६५ रन बनाएर खलिरहेको छ।



Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement