Advertisement
विज्ञापन

एसीसी महिला क्रिकेटमा नेपालको लगातार दोस्रो जित



Advertisement
विज्ञापन

बुटवल। मलेसियामा जारी एसीसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ । नेपालले आइतबार खेलिएको आफ्नो दोस्रो खेलमा भुटानलाई आठ विकेटले पराजित गरेको हो । जितको लागि ६६ रनको सामान्य लक्ष्य नेपालले ११.५ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍‍यो । नेपालकी ओपनर सीता रानामगरले ३७ बलमा २ चौका र १ छक्कासहित सर्वाधिक ३२ रनमा नट आउट रहिन् । रुविना क्षेत्री २४ बलमा १ चौका र १ छक्कासहित १७ रनमा अविजित रहिन् ।

ओपनर कविता कुँवर ५ र कप्तान इन्दु बर्मा १ रनमा आउट भइन् । भुटानकी अन्जु गुरुङ र अन्जली घलेले एकरएक विकेट लिए ।
त्यसअघि बायोमास ओभलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भुटानले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै ६५ रन बनाएको थियो । भुटानकी ओपनर न्गावांग चोडेनले ५० बलमा १ चौकासहित सर्वाधिक २५ रन बनाएकी थिइन् ।


Advertisement
Advertisement
Advertisement

छिरिङ जान्ग्मो ३५ बलमा १ चौकासहित १६ रनमा आउट भइन् । सीता रानामगरको फुलटस बलमा अघि बढेर सट खेल्ने धुनमा काजोल श्रेष्ठबाट स्टम्पिङ आउट भएकी थिइन् । कप्तान तथा विकेटकिपर डेचन वान्ग्मो २१ बलमा ३ चौकासहित १७ रन बनाउन सकेकी थिइन् ।

नेपालको जितमा कविता कुँवर, इन्दु बर्मा, सीता रानामगर र कविता जोशीले ११ विकेट लिए । नेपालले पहिलो खेलमा हङकङलाई ८ विकेटले हराएको थियो । नेपालले अन्तिम खेल मंगलबार माल्दिभ्ससँग खेल्नेछ ।

१६ सहभागी टोली चार समूहमा छन् । हरेक समूहका शीर्ष दुई टोली क्वाटरफाइनलमा पुग्नेछन् । सेमिफाइनल हुँदै फाइनलमा पुग्ने दुई टोलीले यसै वर्ष हुने वुमन्स एसिया कप खेल्न पाउनेछन् ।यसअघि आफ्नो पहिलो खेलमा नेपालले हङ्कङलाई आठ विकेटको फराकिलो अन्तरले हराएको थियो ।



Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad