Advertisement
विज्ञापन

नेविसंघ बुटवल बहुमुखी क्याम्पस द्वारा आयोजित सुपर सिक्स क्रीकेट सम्पन्न



Advertisement
विज्ञापन

गुल्मी ।नेपाल विद्यार्थी संघ बुटवल बहुमुखी क्याम्पस इकाई समिती द्वारा आयोजित BMC NSU SUPER SIX CRICKET CUP सम्पन्न भएको छ । १९ टिम सहभागी खेल माघ २० गते र २१ गते बुटवल बहुमुखी क्याम्पसमा भएको थियो । जसको प्रथम स्थान हासिल गर्न बुटवल बहुमुखी क्याम्पस सफल भएको छ भने द्दितिय स्थान हासिल गर्न राममणी बहुमुखी क्याम्पस सफल भएको छ । प्रथम र द्दितिय विजेताले क्रमशः ३०,०००/- र १५,०००/- को नगद पुरस्कार प्राप्त गरेका छन् ।

खेल माघ २० गते शनिबार औपचारिक समुद्घाटन गर्ने तयारी भएता पनि नेविसंघका केन्द्रिय सदस्य हरिष देउवाको निधनले औपचारिक कार्यक्रम स्थगित गरि रुपन्देही क्षेत्र नं. ४ का सांसद पुर्व माननीय प्रमोद यादवको प्रमुख आतिथ्यतामा शोक सभा गरि खेललाई अगाडी बढाइएको थियो ।


Advertisement
Advertisement
Advertisement

नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेश सदस्य राम बहादुर कार्की, दिर्घ बहादुर केसि, पुर्व क्षेत्रीय सभापति पर्शुराम ढकाल, बुटवल वडा नं. ३ का पार्टी सभापती एवं अध्यक्ष लगायत नेविसंघका केन्द्रिय सदस्यहरु तथा जिल्ला सभापति सम्शेर खड्का, बुटवल बहुमुखी क्याम्पस प्रमुख, विद्यार्थी कल्याण प्रमुख तथा स्ववियु बु.ब.क्याज्यूको विशेष उपस्थिति रहेको उक्त शोक सभाको अध्यक्षता क्याम्पस इकाई सभापति सुमन गुरुङ ज्यूले गर्नुभएको थियो ।

लुम्बिनी प्रदेश सभा सदस्य एवं नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेशकि सहमहामन्त्री माननीय निमा गिरि ज्यूको प्रमुख आतिथ्यतामा माघ २१ गते पुरस्कार वितरण तथा समापन कार्यक्रम समेत सम्पन्न भएको छ । माननिय गिरिले क्रीकेट जस्तो महत्वपूर्ण खेललाई आयोजना गर्ने नेविसंघ बुटवल बहुमुखी क्याम्पस इकाई समितिलाई धन्यवाद व्यक्त गर्दै असल राजनैतिक संगठनकर्ताको बलियो उदाहरण दिएको बताउनुभएको थियो ।

संगठनकर्ता बन्न संगठनका लागि संघर्ष गर्नुको विकल्प नरहेको बताउँदै नेता गिरिले लामो समयपछि सुमन गुरुङ नेतृत्वको नेपाल विद्यार्थी संघ बुटवल बहुमुखी क्याम्पस ईकाइ समिति सकृय रहेको समेत बताउनुभएको थियो । नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेश सदस्य राम बहादुर कार्की लगायतका पार्टिका नेताहरु, नेविसंघ रुपन्देही जिल्ला सभापति सम्शेर खड्का लगायतका नेविसंघका नेताहरुको

उपस्थिति रहेको समापन कार्यक्रमको अध्यक्षता इकाई सभापति सुमन गुरुङले गरेका थिए भने संचालन इकाई उपसभापति नारायण घिमिरे भावुकले गरेका थिए । खेल व्यवस्थापनका लागि सचिव प्रयास आचार्य, कोषाध्यक्ष बिपिन्द्र पाण्डे, सहसचिव कृष्ण श्रेष्ठ, सहकोषाध्यक्ष अर्जुन भट्टराई र सदस्य माधव बेल्बासे गरि पाँच सदस्यीय उपसमिति रहेको थियो ।



Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad