पाकिस्तानविरुद्ध नेपालको सम्हालिएको सुरुवात
काठमाडौं । नेपालले आईसीसी २०२४ को आफ्नो दोस्रो खेलमा पाकिस्तानविरुद्ध सम्हालिएको सुरुवात गरेको छ ।दक्षिण अफ्रिकाको बफेलो पार्कमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले १४ ओभरमा २ विकेट गुमाउँदै ६७ रन बनाएको छ।
नेपालका विपिन रावल ४० बलमा ३ चौका र १ छक्कासहित २९ रनमा क्रिजमा छन्। उनलाई कप्तान देव खनालले २२ बलमा २ चौकासहित १४ रनमा साथ दिएका छन्।तेस्रो विकेटका लागि देव र विपिनले २४ रनको साझेदारी गरेका छन् ।
अर्जुनले पहिलो खेलमा न्युजिल्यान्डविरुद्ध ९० रनको एक यादगार इनिङ खेलेका थिए ।नेपालले आजको खेलमा टोलीमा तीन परिवर्तन गरेको छ । दुई दीपक बोहरा र तिलक भण्डारीलाई बेञ्चमा राखेको छ । दीपक डुम्रे, विपिन रावल र दुर्गेश गुप्तालाई मौका दिएको छ ।