Advertisement
विज्ञापन

गठबन्धन दलका उम्मेदवार जिल्ला दौडाहामा



Advertisement
विज्ञापन

बुटवल । राष्ट्रिय सभाको निर्वाचनमा लागि लुम्बिनी प्रदेशमा २ सिटको लागि ६ जना उम्मेदवारहरू रहेका छन् । उनीहरू माघ ११ हुने  मतदानको लागि आ आफ्नो ढङ्गबाट मत माग्न व्यस्त छन् । लुम्बिनीमा सत्ता गठबन्धनबाट माओवादीका झक्कुप्रसाद सुवेदी र काँग्रेसकी  विष्णुकुमारी सापकोटालाई उम्मेदवार बनाएको छ।

एमालेले झपेन्द्र बहादुर जिसी, तुलसाकुमारी के.सी, राप्रपाले विजय लक्ष्मीसिंह जनमत पार्टीले बाल गोविन्द चौधरीले उम्मेदवार बनाएका छन् । यसअघि राप्रपाका निरनजन थापाले उम्मेदवारी फिर्ता लिएका थिए । निर्वाचन आयोगले जारी मतदानको मिति नजिक हुँदै जाँदा सत्ता गठबन्धनका उम्मेदवारले जिल्ला दौडाहा अभियान थालेका छन् ।
एमाले, राप्रपा र जनमत पार्टीका उम्मेदवार पनि आ आफ्नो तरिका प्रचार प्रसार गर्ने, भेटघाट, फोन सम्पर्क गरेर मत माग्न सुरु गरेका छन् । सत्ता गठबन्धन उम्मेदवार सुवेदी र सापकोटा प्रदेशका सबै जिल्लामा रहेका मतदातालाई भेट्नको जिल्ला जिल्लामा भेला गर्ने कार्यक्रम अन्तर्गत पाल्पा, गुल्मीमा भेला गरिएको सत्ता गठबन्धन दल नेपाली काँग्रेसका प्रदेश लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले  बताए ।
उनले भने– हामीले यस अघि बसेको बैठकको निर्णय अनुसार जिल्ला जिल्लामा माओवादी र कांग्रेसका दुई उम्मेदवारसँगै जाने समयतालिका बनाएका छौ, त्यस अनुसार जिल्ला दौडाहा अभियान चलेको छ अन्य काम पनि जिताउनको लागि भइरहेको छ ।
सत्ता गठबन्धन दलको दैनिक कार्ययोजना बनाएर  उम्मेदवारहरू भेटघाट सुरुवात गरेका हुन् । भने एमालेका उम्मेदवार झपेन्द्रबहादुर जि.सी.र तुलसाकुमारी के.सी.ले पनि प्रचारप्रसार, फोन सम्पर्क,केही भेटघाट आदि काय गरिरहेका छन् । एमाले लुम्बिनी प्रदेश उपाध्यक्ष भोजप्रसाद श्रेष्ठले राष्ट्रिय सभामा लागि आफ्ना उम्मेदवारहरूलाई जिताउनको तीव्र रूपमा काम भइरहेको  बताए ।
उनले मुख्यतयः प्रचार प्रसारको कामसँगै भेटघाट तथा फोन गरेर मत माग्ने काम भइरहेको खुला । उम्मेदवारको लागि पार्टी छुटै समिति नबनाई प्रदेश समितिले विशेष चासो र ध्यान दिँदै काम गरिहरेको प्रस्टाउँदै पार्टीले अन्य दलहरूसँग आफ्ना उम्मेदवार जिताउनको लागि गठबन्धन अझै सम्म नभएको तर गर्ने प्रयास जारी राखेको बता ए। लुम्बिनी प्रदेशमा राप्रपा, जनमत र स्वतन्त्र आदि साना तर सत्ता गठबन्धनमा नभएका पार्टीहरूसँग एमालेले मत लिने प्रयास गरेको छ ।

सत्ता गठबन्धनमा दलमा रहेको जनमत पार्टीका उम्मेदवार बालगोविन्द चौधरीले  आफूले मतदातासँग भेट माग्ने काम गरिहरेको रातोपाटीलाई बताए । उनले नवलपरासी लगायतका जिल्लामा आफूले मतदातासँग भेटघाट गरेर मत मागेको खुलाए । अन्य जिल्लामा पनि पार्टी नेतृत्वले मत माग्ने काम गरिरहेको उनको भनाई रहेको छ ।


Advertisement
Advertisement

राप्रपाका उम्मेदवार विजय लक्ष्मी सिंहले कपिलवस्तुमा जिल्लामा रहेको १० स्थानीय तहका २० जना प्रतिनिधिहरुलाई भेटेर आफ्नो पक्षमा मत मागेको खुलाइन ।उनले अन्य जिल्लामा मतदातासँग फोन सम्पर्क गर्ने काम भइरहेको  बताइन् । यहाँ राप्रपा र जनमतको पार्टीका एक एक जना उम्मेदवार भएकोले मत गिभ एन्ड टेक गर्ने सक्ने सम्भावना रहेको राप्रपा लुम्बिनी प्रदेश संसदीय दलका नेता आशिष चौधरीले बताए ।



Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement