Advertisement
विज्ञापन

नामिबियालाई अभ्यास खेलमा ६ रनले हरायो नेपालले



Advertisement
विज्ञापन

बुटवल ।   आईसीसी यू १९ विश्वकप क्रिकेटको तयारीमा रहेको नेपाली युवा टोलीले दोस्रो अभ्यास खेलमा नामिबियामाथि ६ रनको रोमाञ्चक जित हात पारेको छ ।वर्षाका कारण ३० ओभरमा छोट्याइएको बिहीबार राति भएको खेलमा नेपालले दिएको १४२ रनको लक्ष्य पछ्याएको नामिबया २९.५ ओभरमा १३५ रनमै अलआउट भयो।

नामिबियाका कप्तान ए बसिङ वोल्स्चेंकले सर्वाधिक ५० रन बनाए पनि जिताउन सकेनन् ।नेपालका गुलशन झा र आकाश चन्दले ३–३ विकेट लिए ।त्यसअघि टस हारेर पहिले ब्याटिङ निम्तो पाएको नेपालले ३० ओभरमा ९ विकेट गुमाएर १४१ रन बनाएको थियो ।


Advertisement
Advertisement
Advertisement

नेपालका लागि दिपक डुम्रे ३२ तथा आकाश त्रिपाठीले २१ रन बनाए । नामिबियाका जेन्स रेन्सबर्ग र बडेन्हओरस्टले समान २ विकेट लिए ।यू१९ विश्वकपअघि नेपाल क्रिकेट संघ क्यानले व्यवस्था गरेको दुई अभ्यास खेलमा नेपालले दुवै खेल जित्यो । यसअघि नेपालले स्कटल्याण्डलाई हराएको थियो ।

अब नेपालले आईसीसीको तालिकामा रहेको दुई वार्म अफ म्याच खेल्नेछ ।नेपालले पहिलो वार्मअफ खेल १३ जनवरीमा स्कटल्यान्ड र दोस्रो वार्म अफ १६ जनवरीमा वेस्टइन्डिजसँग खेल्नेछ ।जनवरी १९ देखि फेब्रुअरी ११ सम्म हुने यू१९ विश्वकपमा नेपाल, न्यूजिल्याण्ड, पाकिस्तान र अफगानिस्तानसँगै समूह डी मा छ ।



Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad