Advertisement
विज्ञापन

राष्ट्रिय सभामा माओवादीबाट लुम्बिनी प्रदेशको उम्मेद्वारी प्रति पाण्डेको असन्तुष्टि



Advertisement
विज्ञापन

गुल्मी । लुम्बिनीमा राष्ट्रियसभाका लागि उम्मेदवारको विषयलाई लिएर नेकपा माओवादी केन्द्र  भित्र असन्तुष्टी देखिएको छ । गुल्मीका पुराना नेता निम बहादुर पाण्डेले लुम्बिनी प्रदेशमा माओवादीबाट उम्मेद्वार बनेकाप्रति खुलेरै असन्तुष्टी जनाएका छ्न ।

अवसर  नपाएकाहरुलाई अबसर  दिनु  पार्टीको विधि हुनपर्ने पटक(पटक अवसर पाईरहेकालाई अघि सारिएको भन्दै पाण्डेसहितका अन्य नेताहरुलेसमेत बिरोध गरेका हुन् । राष्ट्रियसभामा उम्मेदवारको आकंक्षी रहेका पाण्डेलाई सिफारिस गरेर पठाइएको भएपनि उनको नाम नपरेपछि माओवादि जिल्ला संयोजक युवराज केसीले उम्मेवार छनोटमा असन्तुष्टी जनाएका छन् । सो पार्टीले बागमती कार्यक्षेत्र रहेका झक्कुप्रसाद सुवेदीलाई लुम्बिनीबाट उम्मेद्वार बनाएपछि असन्तुष्टी बढेको हो।


Advertisement
Advertisement
Advertisement

उहाँ व्यक्ति (झक्कुप्रसाद सुवेदी)प्रति मेरो बिरोध होईन, हाम्रो पार्टीमा  एकसेएक योग्य उम्मेदवार हुनुहुन्छ । हाम्रो  पार्टीबाट लुम्बिनीको प्रतिनिधित्व गर्नेलाई उम्मेद्वार बनाउनु पर्नेमा अन्यथा भयो ।-केसीले भने, यस प्रदेशमा कार्य क्षेत्रनै नभएको उहाँलाई  कसरी सिफारिस गरियो  भन्ने बहस प्रदेश कमिटीमा चलेको छ ।

पार्टीका लुम्बिनी प्रदेश कमिटी अध्यक्ष सुदर्शन बरालले भने ‘प्रदेशका सबै  जिल्ला गरी पाण्डेसहित वरिष्ठ – वरिष्ठ २७ जना नेताहरुको नाम केन्द्रमा सिफारिस गरी  पठाएको हो । झक्कु सुवेदीले पनि रोल्पाको  सिफारिसमा मेरो नाम पनि पठाउनुस् भन्नु  भयो र  पठाएको हो ।’ पार्टी निर्णयको बचाउ गर्दै उनले उम्मेद्वार जनोट जायज भएको उल्लेख गरे ।’उहाँ रोल्पाको मान्छे, यसै  प्रदेशमा लडेको भिडेको मान्छे हो। काठमाडौंमा पछि न जानु  भाको हो! जायज नै लागेर उहाँको नाम पनि  सिफारिस गरिएको  हो । –बरालले भने । यहाँबाट सिफारिस गरिएको भएपनि उम्मेदवारको अन्तिम टुङ्गो केन्द्रले लगाएको  स्पष्ट पारे ।

उम्मेद्वार आकंक्षी पाण्डे २०५८ सालमा  सुदर्शन बराल गुल्मीको जन सरकार  प्रमुख  हुँदा उपप्रमुख थिए । २०६० को अधिवेशनमा पनि उनीहरु नै प्रमुख उपप्रमुखमा दोहोरिएर काम गरेको सो पार्टीका प्रदेश कमिटी सदस्य तथा धुर्कोट  गाउँपालिका अध्यक्ष भुपाल पोख्रेल बताउँछन । पाण्डे २०६४ सालको संविधानसभा निर्वाचनमा साविक क्षेत्र नम्बर २ बाट प्रत्यक्ष तर्फका उम्मेदवार भई पराजित भएका  थिए । गएको प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकमा  उनको नाम पहिलो नम्बरमा भएपनि सांसद बन्न पाएका थिएनन् ।  ‘ उहाँ (निम बहादुर पाण्डे) पुराना र योग्य नेता हुनुहुन्छ । तर पार्टी केन्द्रले जे जस्तो निर्णय गर्यो, त्यसमा  हाम्रो भन्नु  केही छैन ।–उनले  भने  ।

पाण्डे पुराना नेताहरु मध्ये कतै अवसर  नपाएका निष्ठावान नेतामा गनिन्छ्न् । गुल्मीको धुर्कोट घर भएका पाण्डे २०३६  सालदेखि कम्युनिष्ट राजनीतिमा लागेका थिए ।



Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad