Advertisement
विज्ञापन

लुम्बिनीबाट राष्ट्रियसभा निर्वाचनमा ७ जनाको उम्मेदवारी



Advertisement
विज्ञापन

बुटवल । लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्य पदको २ सिटका लागि  ७ जनाको उम्मेदवारी दर्ता भएको छ । निर्वाचन कार्यालय घोराहीकाअनुसार  ३ जना महिला र अन्यमा ४ जनासहित ७ जनाको उम्मेदवारी  परेको हो ।

महिलामा एमालेकी तुलसा कुमारी, नेपाली कांग्रेसकी  विष्णुकुमारी सापकोटा र  राप्रपाकी  विजयलक्ष्मी सिंहले उम्मेदवारी दर्ता गराएका छन् ।  केसी दाङ, सापकोटा गुल्मी र  सिंह कपिलवस्तु जिल्ला निवासी हुन् ।

त्यस्तै अर्को एक सिटका लागि  जनमत पार्टीका बालगोविन्द चौधरी, एमालेका झपेन्द्रबहादुर जिसी, राप्रपाका निरनजन थापा र माओवादीका झक्कुप्रसाद सुवेदीको उम्मेदवारी दर्ता भएको छ । उम्मेदवारी दर्ता गराउने  जनमतका चौधरी नवलपरासीका हुन् भने जिसी पाल्पा, थापा रुपन्देही र सुवेदी रोल्पा जिल्ला निवासी हुन् ।


Advertisement
Advertisement

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Ads will close in 8 seconds
Skip Ad