Advertisement
विज्ञापन

आज नेपाली काग्रसले विशेष कार्यक्रम गरी मेलमिलाप दिवस मनाउँदै



Advertisement
विज्ञापन

बुटवल । राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा नेपाली कांग्रेसले आज सोमबार प्रज्ञा भवनमा विमर्श सभा गर्ने भएको छ। संविधान कार्यान्वयन र शान्ति प्रक्रिया टुंग्याउन दलहरूबीच मेलमिलाप नाम दिइएको सभा दिउँसो १ बजे प्रज्ञा भवन कमलादीमा कार्यक्रम शुरु हुने छ । कार्यक्रममा कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रमुख वक्ता रहनेछन्।

यस्तै एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले पनि धारणा राख्नेछन्।तर मेलमिलाप तथा एकता दिवस नाम दिइएको कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनमत पार्टी लगायतलाई भने निम्तो गरिएको छैन। नेपालका राष्ट्रिय मान्यताप्राप्त ६ वटा दलहरु मध्ये तीन दल रास्वपा,राप्रपा र जनमत पार्टी हुन् ।


Advertisement
Advertisement
Advertisement

राष्ट्रिय प्रजातन्त्र पार्टी लुम्बिनी प्रदेश अध्यक्ष प्रदीपकुमार उदयले आफूलाई लोकतान्त्रिक भनेर नथाक्ने कांग्रेसले राष्ट्रिय एकता र मेलमिलापको एजेण्डा बोकेको राप्रपा र अन्य नयां दललाई नै निषेध गर्नुले उसको असली मुखुण्डो उतारिएको टिप्पणी गरे । अहिलेको संविधानमा थुप्रै कमजोरी रहेकाले संशोधन गर्नुपर्ने आवाज जनस्तरबाट पनि उठेको र राप्रपाले पनि उठाउंदै आएको सन्दर्भमा योजनावद्ध ढंगले केही दललाई निषेध गर्नु कांग्रेसको संकिर्णता भएको उनले बताए। ‘फरक विचार र मत राख्ने दलहरुका विचार एजेण्डा सम्बोधन नगरी एकलौटी गरेर संविधान कार्यान्वयन हुन्छ भन्ने नसोच्दा हुन्छ’–उनले भने –‘जनताको भावना बुझेर एजेण्डा बोकेका नयां दलहरुलाई निषेध गरेर निकास निस्कन्न ।’

रास्वपाका महामन्त्री एवं प्रवक्ता मुकुल ढकालले ठूला भनिने दलहरु असफल सिद्ध भइसकेका र नयां दलहरुसंग डराएकाले मेलमिलाप दिवसमा समेत निम्ता गर्न नसकेको टिप्पणी गरे । जनताको मतबाट वहिष्कृत भई राष्ट्रिय मान्यता नपाएका दललाई बोलाउने तर जनताबाट अनुमोदित दलहरुलाई निषेध गरेर संविधान कार्यान्वयन हुन नसक्ने महामन्त्री ढकालले बताए ।

जनमत पार्टीका केन्द्रीय सचिव भोपेन्द्र यादवले कांग्रेसले लोकतन्त्र र मेलमिलापको नाम भजाएपनि उसको चरित्र त्यस्तो नभएको आजको कार्यक्रममा जनताबाट अनुमोदन भएका नवोदित तीन दललाई निषेध गर्नुले पुष्टी गरेको बताए । कांग्रेसको यो कार्यक्रम राष्ट्रिय एकता र मेलमिलाप हैन सत्ता जोगाउने र गठबन्धनमै लुटपुटिएर जाने नाटक मात्रै भएको यादवले टिप्पणी गरे ।

कांग्रेसको प्रचार विभाग प्रमुख मिन विश्वकर्माले संविधान कार्यान्वयन र शान्ति प्रक्रिया टुंग्याउन दलहरूबीच मेलमिलाप गर्ने उद्देश्यका साथ कार्यक्रम गर्न लागेको बताए।कांग्रेस संस्थापक नेता बीपी कोइराला आठ वर्षको निर्वासन अन्त्य गरी भारतबाट स्वदेश फर्किएको दिनको सम्झनामा कांग्रेसले मेलमिलाप दिवस मनाउने गरेको छ।

प्रथम जननिर्वाचित प्रधानमन्त्री कोइरालालाई २०१७ पुस १ गतेको तत्कालीन शाही कु पछि करिब तीन महिना सिंहदरबारमा बन्दी बनाइएको थियो। त्यससँगैआठ वर्षको सुन्दरीजल जेलमा राखिएपछि २०२५ मा उपचारका लागि वीपीलाई रिहा गरिएको थियो। रिहापछि उपचारका लागि भारत पुगेका कोइरालाले त्यहाँ निरङ्कुश व्यवस्थाविरुद्ध राजनीतिक गतिविधि सञ्चालन गरेका थिए।

दक्षिण एसियामा देखिएको राजनीतिक संक्रमणबाट देश बचाउन भन्दै उनी २०३३ साल पुस १६ गते स्वदेश फर्किएका थिए। मुलुकको सार्वभौम सत्तारक्षाका लागि राजनीतिक दल र राजा मिल्नुपर्ने धारणा बनाएर उनी नेपाल फर्किएका थिए।
त्ससैको सम्झनामा कांग्रेसले प्रत्येक वर्ष राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउने गरेको छ।

 

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad